विराटनगरमा जारी एमपिएल क्रिकेट प्रतियोगिता प्रिमियर,हुलास र म्याजिक विजयी

विराटनगरमा जारी एमपिएल क्रिकेट प्रतियोगिता प्रिमियर,हुलास र म्याजिक विजयी

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा विराटनगरमा जारी नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर-११, हुलास-११ र म्याजिक म्याजिक स्ट्राइकर्स विजयी भएका छन् ।

पहिलो खेलमा प्रिमियर-११ ले पर्शुराम वारियर्सलाई ९ विकेटले पराजित गरेको छ । जितसँगै प्रिमियरले लिगको चारै खेलमा जित हासिल गरेको छ ।

टस जितेर ब्याटिङ गरेको पर्शुरामले निर्धारित १० ओभरमा ६ विकेट गुमाई ८४ रनको स्कोर खडा गरेको थियो । जसमा कुलदिप गौरले १४ रन बनाउँदा खेम शर्माले १३ रनको योगदान दिए । प्रिमियरका वेदान्त जाजुले २ विकेट लिँदा जयस पेरिवाल र रिषी महेश्वरीले २-२ विकेट लिए ।


जवाफ ८५ रनको लक्ष्य पछ्याएको प्रिमियरले ६ दशमलवमा २ बलमा १ विकेट गुमाई सो लक्ष्य पार गरेको जियो । जसमा म्यान अफ द म्याच हरिष बाहेतीले अविजित ४१ रन बनाउँदा नितेस लोहियाले अविजित ४० रनको योगदान दिए । पर्शुरामका खेम शर्माले २ विकेट विकेट लिए ।

दोस्रो खेलमा हुलास-११ ले सिएसवि-११ लाई ६ विकेटले पाराजित गरेको छ । जित पछि हुलास फाइनलमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ भने सिएसविले लिगको सवै खेलमा पराजित भए पछि प्रतियोगितबाटै बाहिरेको छ ।

शनिबारको अन्तिम लिगमा हुलासले म्याजिक स्ट्राइकरर्सलाई पराजित गरे दिउँसो हुने फाइनल खेलमा प्रिमियर-११ सँग प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर ब्याटिङ गरेको सिएसविले निर्धारित १० ओभरमा ५ विकेट गुमाई ६० रन बनायो । जसमा राहुल सोनीले २७ बनाउँदा विकास सोनीले १८ रनको योगदान दिए । हुलासका मनिष कोठारीले २ विकेट लिए ।

जवाफमा ६१ रनको सामान्य लक्ष्य पाएको हुलासले ४ दशमलव ५ बलमा ४ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच सुभम लुनियाले अविजित २० रन बनाउँदा पवन पारखले १४ रन बनाए । सिएसविका सयस सोनीले २ विकेट लिए ।

तेस्रो खेलमा म्याजिक स्ट्राइकर्सले पर्शुरामलाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको म्याजिकले निर्धारित १० ओभरमा ७ विकेट गुमाई ९७ रनको स्कोर खडा गरेको छ । जसमा म्यान अफ द म्याच अनिष अग्रवालले ५२ रन जोड्दा सुभम तोदीले १९ रनको योगदान दिए । पर्शुरामका ललित शर्माले सर्वाधिक २ विकेट लिए ।

जवाफ ९८ रनको लक्ष्य पछ्याएको पर्शुरामले निर्धारित ओभरमा ५ विकेट गुमाई ९३ रन मात्र जोड्न सक्यो । जस्मा विक्की शर्माले ४२ रन बनाउँदा इशान शर्माले १४ रनको योगदान दिए । म्याजिकका मुकुन्द अग्रवालले सर्वाधिक ३ विकेट लिए ।

शनिबार विहान लिगको अन्तिम खेल हुलास र म्याजिक स्ट्राइकरर्सलाई विच हुने र दिउँसो फाइनल खेल हुने संयोजक हेमन्त अग्रवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्