विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक प्रकरणमा सिईओ सुवेदीसहित तीनजना कर्मचारी जेल चलान

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक प्रकरणमा सिईओ सुवेदीसहित तीनजना कर्मचारी जेल चलान

विराटनगर । विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा बैंकका तत्कालिन सिइओ नविन सुवेदीसहित तीन जना कर्मचारी जेल चलान भएका छन् । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजालशले सुवेदीसहित बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश भएको हो ।

पक्राउ परेका बैंकका अपरेसन प्रमुख अमित थापा मगरलाई दुई लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएको उच्च अदालत विराटनगरका सुपरीटेन्डेन्ट ओमराज सुवेदीले जानकारी दिए । अदालतको आदेशपछि सुवेदी, भण्डारी र भट्टराई पुर्पक्षको लागि मोरङ कारागार चलान भएको उच्च अदालत विराटनगरले जनाएको छ ।
यसअघि अर्भद्र व्यवहारको मुद्दामा ५० हजार रुपैयाँ धरौटि खुल्दा पनि भट्टराईले नतिरेपछि सो मुद्दामा पनि जेल गएका थिए । सप्तकोशी बैंकबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचन गरेको आरोपमा बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरि १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा मंगलबार मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘बैकिङ कसुर’ मुद्दामा सुवेदीसहित ९ जना कर्मचारी र तीन जना खातावालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार १२ जना विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता भएको हो ।
सप्तकोशी बैंकको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ बैंककलाई भराइदिनुपर्ने सोही बरावर प्रतिवादीलाई जरिवना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैदको सजाय माग दाबी लिएर मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिलको कार्यालयले बैंकका जनरल सर्भिस डिपार्टमेन्ट जीएसडी प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होम प्रसाद पौडेलसहित फरार रहेकाहरु बैंकका कार्यालय सहयोगी चुडा बहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजिना दिएका निश्चल सुवेदी, बैकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समिक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खाता वाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईविरुद्ध मुद्दा दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्