सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिका वडा ६ स्थित भित्रि सडक खण्डमा आईतबार राती करिब ८ बजे को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास वडा ६ बस्ने ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो ।

यसै गरी राती करिब ११ बजे विराटनगर महानगरपालिका वडा ३ दुर्गा चोक स्थित भित्रि सडक खण्डमा को. १४ प ९४५८ नम्वरको स्कुटी आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक सप्तरी घर भई विराटनगर वडा ३ स्थितमा बस्दै आएका ३६ बर्षीय हरी भुजेलको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

सवारी दुर्घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्