मोरङमा दशलाख ७४ हजारलाई फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाईने

<span class='c1'>मोरङमा दशलाख ७४ हजारलाई फागुन २८</span> <span class='c2'>गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाईने</span>

विराटनगर । मोरङमा आगामी फागुन २८ गतेदेखि ११ औं चरणको हात्तीपाइले विरुद्धको औषधि खुवाईने भएको छ । औषधि खुवाउने १४ दिने अभियानमा १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए ।
मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ छ । दुईवर्ष माथिका नागरिकलाई तीन प्रकारको औषधि सेवन गराईने भएको हो ।

गत वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताए । साथै उनले औषधी सेवन गरेपछि यदि हात्तिपाईलेको भाईरस छ भने वाक लाग्ने साथै सामान्य लक्षण देखिने हुँदा नआत्तिन आग्रह गरे ।

औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधि खाइरहनु पर्ने भएको यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्ने जनस्वास्थ्य अधिकृत धरणीधर निरौलाले बताए । मोरङको सुनवर्षी नगरपालिकामा ३०५ मानिसलाई नमूना परीक्षण गर्दा २४ जनामा हात्तीपाइले रोगको लक्षण देखिएकाले सो क्षेत्रमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने प्रमुख मेहताको भनाइ छ ।

हात्तीपाइले विरुद्धको औषधि अन्तर्गत इभरमेटिन, डिइसी र अल्बेन्डाजोल औषधि खुवाउने जनस्वास्थ्य निरीक्षक रामकुमार लामाले बताए । उनले दुई वर्ष मुनीका बालबालिका,गर्भवती महिला तथा छारे रोग भएको मानिसले यो औषधि सेवन गर्न नहुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्