निकेश राय हत्या प्रकरण : प्रहरी अनुसन्धान फितलो भएको गुनासो

<span class='c1'>निकेश राय हत्या प्रकरण :</span> <span class='c2'>प्रहरी अनुसन्धान फितलो भएको गुनासो</span>

विराटनगर । गएको कात्तिक २० गते विराटनगरको वडा नं. १६ खादम पुला नजिक भेटिएको शवको बिषयमा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै पिडित पक्षले आरोप लगाएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्नलाई प्रहरीले कारवाही नगर्दा आफुहरु अन्यायमा परेको उनीहरुले गुनासो गरेका हुन् । सुनसरीको बर्जु गाउँपालिका वडानम्बर २ रामगंज बेलगछियाका २० बर्षिय निकेश रायको हत्यागरि फालिएको भएपनि प्रहरीले गम्भीर भएर अनुसन्धान नगरेको पीडित पक्षले आरोप लगाएका छन । पीडित पक्षले सोमबार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजनागर्दै हत्याको सो घटनामा छानबीनगर्न सम्बद्ध इलाका प्रहरी कार्यालय रानी जिम्मेबार नभएको गुनासो गरेका थिए । सो घटनामा छिमेकी युवाहरुको संलग्ता रहेको आशंकामा आफुहरुले बर्जु २ कै मिथिलेश राय,गौतम राय र कोमल विश्वकर्माको नामै किटानगरि उजुरी दिएपनि प्रहरीले ती ब्यक्ती पक्राउगर्न र अनुसन्धानगर्न चासो नदिएको पीडित पक्षले बताएको छ । दिपावलीका दिन कात्तिक १८ गते साथीहरुसंग हिंडेका निकेशको शव कात्तिक २० गते विराटनगर १६ को खादम पुला नजिक भेटिएको थियो । मृतकको शव हेर्दा नाकबाट रगत बगेको शरिरमा समेत घाउखत रहेपनि प्रहरीले घटनालाई गम्भिरतापुर्वक नलिएको मृतकका छिमेकी बिक्रम रायले बताउनुभयो । पटकपटक रानी थाना धाउँदापनि प्रहरीबाट सहयोग पाउन नसकेको उहाँको भनाई छ ।

मृतक निकेश भारतमा मज्दुरी गर्दै आएको र घटनाको केहिदिन अघि मात्र गाउँ फर्किएको आफ्न्तले बताएका छन । घटना अघि मिथिलेश रायसंग निकेशको झगडा भएको र सो क्रममा मिथिलेशले ज्यान मार्ने धम्की समेत दिएको पीडित परिवारले बताएको छ । प्रहरीले सो घटनामा आरोपित ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान नगर्दा उनिहरुको मनोबल बढेको र उनिहरुले आफुहरुलाई उल्टै धम्काउदै आएको पीडित पक्षको भनाई छ ।

उता सो घटनाको बिषयमा प्रतिक्रिया दिंदै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतले पीडित पक्षले किटानी जाहेरी नदिएको दाबी गर्नुभयो । मौखिकरुपमा जानकारी पाएपछि आशंकित ब्यक्तीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भएको तर संलग्नता पुष्टि हुन नसकेको दाबी गर्नुभयो । एकातर्फ पीडितले न्याय नपाएको भन्दै सरोकारवाला गुहारि रहेका छन भने अर्कोतर्फ प्रहरीले किटानी जाहेरी नै नआएको बताइरहेको छ । तसर्थ फेरीपनि घटनाको छानबीन गरेर घटनाको यर्थाथ बाहिर ल्याउनुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्