नागरिक उन्मुक्ति पार्टीको मोरङ जिल्ला अध्यक्षमा भिन्डवार

<span class='c1'>नागरिक उन्मुक्ति पार्टीको मोरङ</span> <span class='c2'>जिल्ला अध्यक्षमा भिन्डवार</span>

विराटनगर । नागरिक उन्मुक्ति पार्टी मोरङ जिल्ला कार्यसमितिको अध्यक्षमा मुकेश कुमार भिन्डवार चयन भएका छन् ।

शनिबार पार्टीका केन्द्रिय सदस्य जिवच्छ कुमार यादव र जीवन धामीको उपस्थितिमा बसेको बैठकले भिन्डवारलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । बैठकले भिन्डवारको अध्यक्षतामा २१ सदस्यीय मोरङ जिल्ला कार्यसमिति समेत गठन गरेको छ । जिल्ला कमिटीको उपाध्यक्षमा सुरज गडेरी र सचिवमा भजनलाल राय अमातलाई चयन गरिएको छ । कमिटीको सदस्यमा भने जीवन अधिकारी, सन्तोष कुमार साह, प्रदिप अमात राय, लोमस पन्डित, लक्ष्मी सरदार, सागर राजवंशी, रमेश चौधरी, राजेन्द्र राउत, धर्मेन्द्र साह, नवीन कुमार सिपलिया, रन्धिर मण्डल, विपिन यादव, किशोर मण्डल, बिशो राउत, विकास दास, गणेश यादव, धरम यादव र श्रवण सिंह चयन भएका छन् ।

नागरिक उन्मुक्ति पार्टी गएको माघ महिनामा दर्ता भएको पार्टी हो । पूर्व सांसद रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठ पार्टी अध्यक्ष हुन् । पार्टीले हाल सङ्गठन विस्तारको कार्यलाई तिव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्