चियाका पारखीहरुका लागि विराटनगरको ‘चाय सुट्टा बार’ : जहाँ पाईन्छ २२ प्रकारको चिया

चियाका पारखीहरुका लागि विराटनगरको ‘चाय सुट्टा बार’ : जहाँ पाईन्छ २२ प्रकारको चिया

विराटनगर । चियाका पारखीहरुका लागि मोरङको विराटनगरमा ‘चाय सुट्टा बार’ सञ्चालनमा आएको छ ।

मङ्गलबार महाशिवरात्रीको अवसर पारेर नेपालमै पहिलोपटक विराटनगरमा विश्वप्रसिद्ध भारतीय फ्रेन्चाईजको आउटलेट सञ्चालनमा आएको हो । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रिबन काटेर बारको उद्घाटन गरेका हुन् । विराटनगर–२ तिनपैनी चौकस्थित सिटी सिनेमा छेउमा अवस्थित रहेको उक्त बारको विश्वभर ३०० बढी आउटलेटहरु सञ्चालनमा छन् । प्रदेश नं. १ को राजधानी विराटनगरमा सञ्चालनमा आएको यो आउटलेट नेपालमै पहिलो रहेको दाबी गरिएको छ । विराटनगरकै दुई युवा मनोज सोनी र महेश सोनीले मङ्गलबारदेखि औपचारिक रुपमा चाय सुट्टा बार सञ्चालनमा ल्याएका हुन् । विश्वभर १०० भन्दा बढी शहरहरुमा चाय सुट्टा बारका आउटलेटहरु सञ्चालनमा रहेको चाय सुट्टा बारका सञ्चालक मनोज सोनीले बताए । उनले चाय सुट्टा बार भारतको इन्दोरबाट सुरु भएको फ्रेन्चाईजी रहेको जानकारी दिए ।

मङ्गलबारदेखि सञ्चालनमा आएको चाय सुट्टा बारमा अदरक, चकलेट, रोज, इलैंची, पान, केशर, तुलसी, मसाला र लेमन गरि २२ भन्दा बढी प्रकारका चियाहरुको स्वाद प्राप्त गर्न सकिने जनाईएको छ । बारका अनुसार मङ्गलबार महाशिवरात्रीको अवसर पारेर ग्राहकहरुका लागि निःशूल्क चिया र कफी वितरणको अफर समेत सार्वजनिक गरिएको छ । बिशेषगरि युवाहरुलाई लक्षित गर्दै ‘पोकेट फ्रेन्डली’ रेटमा चाय सुट्टा बार सञ्चालनमा ल्याईएको बारका सञ्चालक महेश सोनीले आवर विराटनगरलाई बताए । उनले भने, ‘हाम्रो मेन फोकस रेटमा हो । हामीले न्युन रेटमा सबैलाई समेटने गरि चाय सुट्टा बार सञ्चालनको प्रयास गरेका हौं । हामी धेरै महङ्गो छैनौं ।’

मङ्गलबार उद्घाटनको अवसर पारेर चाय सुट्टा बारले साँझको ५ बजेपछि लाईभ कन्सर्टको समेत व्यवस्था गरेको छ । कन्सर्टमा भारतीय र नेपाली कलाकारहरको साङ्गितिक प्रस्तुती हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्