विराटनगरको स्नातकोत्तर क्याम्पसका दुई विद्यार्थीलाई सोधकार्यका लागि ‘फेलोसिप’

<span class='c1'>विराटनगरको स्नातकोत्तर क्याम्पसका दुई</span> <span class='c2'>विद्यार्थीलाई सोधकार्यका लागि ‘फेलोसिप’</span>

विराटनगर । स्नातकोत्तर क्याम्पस विराटनगरमा वनस्पति शास्त्र र प्राणी शास्त्र विषय अध्ययनरत विद्यार्थीका लागि फेलोसिपको स्थापना गरिएको छ । प्रत्येक वर्ष दुईजना विद्यार्थीलाई प्रदान गर्ने गरी ‘मिलन दाहाल’ फेलोसिपको स्थापना गरिएको हो ।

क्याम्पसका पूर्व विद्यार्थी दाहालले नेपाल जैविक समाज संस्थामार्फत प्रदान गर्ने गरि दुईजना विद्यार्थीलाई प्रदान गर्न फेलोसिप स्थापना गर्नु भएको हो । नेपाल विद्युत प्राधिकरणमा कार्यरत दाहालले जनही २५ हजार रुपिँया राशी उपलब्ध गराउने गरि कोष खडा गर्नु भएको छ ।
उत्कृष्ट शोधकार्य गर्ने विद्यार्थीहरुमध्ये समाजमा विशेष योगदान पु¥याउने किसिमको उत्कृष्ट दुईजनालाई यो फेलोसिप प्रदान गरिने संस्थापक दाहालले जानकारी दिनुभयो । यसको छनौट नेपाल जैविक समाजलाई दिइएको छ । यो संस्थाले सम्बन्धित विभागसँग समन्वय गरी उपयुक्त शोधार्थीको छनौट गर्ने वनस्पति शास्त्र विभागका प्रमुख प्रा.डा. उमेश कोइरालाले बताउनुभयो ।

फेलोसिप संस्थापक र दुवै विभागका प्रमुखहरुकोे उपस्थितिमा नेपाल जैविक समाजको बुधबारको वैठकले यस वर्षका लागि प्राणी शास्त्रबाट शंकर पाण्डे र वनस्पति शास्त्रबाट ओमप्रकाश अर्याललाई छनौट गरेको छ । दुबै जनालाई पहिला ेकिस्ता रकम समेत प्रदान गरिएको छ । पाण्डेले लोपोन्मुख चरा गिद्धको गतिविधि र अर्यालले सुनवर्सी पोखरीको सूक्ष्म वनस्पतिका विषयमा शोधकार्य गरिरहनु भएको छ ।

बुधबार आयोजित फेलोसिप वितरण कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्रा.डा. शशिनाथ झाले पछिल्लो पुस्तालाई प्रेरित गर्ने सोचका साथ दाहालले फेलोसिप स्थापना गरेर उदाहरण प्रस्तुत गर्नु भएको बताउनुभयो । संस्थापक दाहालले यो फेलोसिपमा आफ्ना कुनै सर्तहरु नहुने बरु अरुहरुलाई पनि यस कार्यले प्रोत्साहित गर्ने आशा व्यक्त गर्नुभयो । उक्तकार्यक्रममा प्राणीशास्त्र विभागका प्रमुख प्रा.डा. दामोदर थापा, जैविक समाजका महासचिव प्रा.डा. शिवकुमार राईलगायत प्राध्यापक र विद्यार्थीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्