विराटनगर कारागारका कैदीबन्दीले न्यायधीशसँग भने झुठो मुद्दामा सजाय भोगिरहेका छौं

विराटनगर कारागारका कैदीबन्दीले न्यायधीशसँग भने झुठो मुद्दामा सजाय भोगिरहेका छौं

विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुले झुठो मुद्दामा सजाय भोग्नु परेको भन्दै न्यायधीशसँग गुनासो गरेका छन् । न्याय सम्पादन गर्ने कार्यथलोबाट आपूmहरुले न्याय नपाएको गुनासो गरेका हुन् ।

उच्च अदालत विराटनगरले सेवाग्राहीहरुको घरदैलोमा न्यायिक निकायको पहुँच बढाउन र कैदीबन्दीहरुलाई नयाँ कानुनी व्यवस्था बारे जानकारी दिन तथा न्याय निरुपणमा देखिएको समस्या र गुनासो सुन्न आयोजना गरेको न्यायिक शिविर शिविरमा कैदीबन्दीहरुले झुठो मुद्दामा सजाय पाएको गुनासो गरेका हुन् ।

न्यायिक शिविरमा उपस्थित रहनु भएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिल प्रसाद श्रेष्ठले न्याय निसाफमा भएका कमीकमजोरी र गुनासोलाई प्रत्यक्ष सुन्नका लागि शिविर आयोजना गरिएको बताउनु भएको थियो । उहाँले शिविरको उद्घाटनका क्रममा आफ्ना कुरा निर्धक्क राख्न आग्रह गरेपछि कैदीबन्दीले हुँदैनभएको झुठो आरोपमा सजाय पाउनु परेको गुनासो गरेका हुन् । मुख्य न्यायधीशले मुद्दा मिलाउने वाहानामा कसैलाई पनि घुस नदिन विचौलियाबाट अगल रहन आग्रह गर्नु भएको थियो । मुख्य न्यायाधीश श्रेष्ठले कैदीबन्दीहरुको गुनासोलाई उच्च अदालते प्राथमिकतामा राख्ने दावी गर्नुभयो ।

अदालतले निशुल्क कानुनी व्यवस्था दिने गरेको, मुद्दा स्थगित हुने गरेको, पेशीको सूचना नपाएको, बैंकिंग कसुरको मुद्दा बारे नयाँ व्यवस्था गरिएको र जेष्ठ नागरिकलाई कैद मिनाहा दिने गरिएको बारे जानकारी नपाएका कारण पनि कारागार बस्न बाध्य कैदीबन्दीलाई न्यायिकशिविर फलदायी हुने बताइएको छ । न्यायिक शिविरमा ५ जना अदातलका कर्मचारीहरुले तीनदिनसम्म कैदीबन्दीका गुनासोहरु संकलन गर्नेछन् । शिविरमा कैदीबन्दीहरुको गुनासो र समस्यालाई लिखित रुपमै संकलन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्