नोबेलबाट पीडित विद्यार्थीको माइतीघरमा रिले अनसन

नोबेलबाट पीडित विद्यार्थीको माइतीघरमा रिले अनसन

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरमा एमबीबीएस १५ औं ब्याजमा भर्ना हुनुपर्ने विद्यार्थीले माइतघरमा रिले अनसन सुरु गरेका छन् ।

एमबीबीएस स्नातक तहमा कलेज प्रशासनले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव र त्यसपछि भएको आन्दोलनले समेत निष्कर्ष निकाल्न नसकेपछि विद्यार्थीहरुले कलेज स्थानन्तरणको माग गर्दै चिकित्सा शिक्षा आयोगसँग गुहार मागेका थिए । त्यो मुद्दा समेत सुनुवाई नभएपछि काठमाण्डौं पुगेर रिले अनसन सुरु गरेका हुन् ।

उनीहरुले दुई महिना भन्दा बढी चलेको आन्दोलनले निष्कर्ष नपाउँदा त्यसको मार विद्यार्थी र अभिभावकले खेप्नु परेको गुनासो गर्दै चिकित्सा शिक्षा आयोगलाई स्थान्तरणको सुविधा दिनुपर्ने माग गरेका थिए । चिकित्सा शिक्षा आयोगले लिइएको एमबीबीएसको एकिकृत प्रवेश परीक्षामा योग्यता श्रेणीमा रहि नियमानुसार नोबेल मेडिकल कलेज भर्ना हुनुपर्ने विद्यार्थी पढाईबाट अहिलेसम्म बन्चित भएका छन् ।
चिकित्सा शिक्षा आयोगले २०७८ पुस ५ गते शिक्षण शुल्क ४४ लाख ३६ हजार २५ रुपिँया –उपत्यका बाहिर) निर्धारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्