सेन्ट्रल बजार चौथो बर्षमा प्रवेश गर्दै , शुक्रबार र शनिबार ग्रहकबर्गलाई अफरै अफर

सेन्ट्रल बजार चौथो बर्षमा प्रवेश गर्दै , शुक्रबार र शनिबार ग्रहकबर्गलाई अफरै अफर

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजार चौथो बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यावस्था गरेको छ ।

आगामी फागुन २० गतेबाट सेन्ट्रल बजार तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्न लाग्दैछ ।

सेन्ट्रल बजारका मेनेजर गिरीस राठीका अनुसार फागुन २० गते शुक्रबार र शनिबारका दिन ग्राहक बर्गहरुलाई विभिन्न सामान खरिद गरे वापत भारी छुटको व्यावस्था गरिएको छ ।
बार्षिक उत्सवको अबसरमा सेन्ट्रल बजारको खाद्यन्न र ईलोक्ट्रोनिक्समा १० प्रतिशत छुटको व्यावस्था गरेको छ । त्यसैगरी लत्ताकपडा लगायत एसोसेरिजहरुमा ५० प्रतिशत सम्मको छुटको व्यावस्था गरेको हो । यसका साथै सेन्ट्रल बजारको खाद्यन्नमा बार्षिक उत्सवको दिन शुत्रबार ५ हजार भन्दा माथीको सामान खरिदमा विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने सेन्ट्रल बजारका मेनेजर गिरीस राठीले जानकारी दिनुभयो । बार्षिक उत्सव कै अवसरमा मोवाईल किन्दा ५ प्रतिशत छुट र मोवाईल एसोसेरिजमा १० प्रतिशतको छुट व्यावस्था गरिएको छ ।

सेन्ट्रल बजारमा १४९९ माथीको सामान खरिदमा चिनी ५९ रुपैयमा नै उपलब्ध हुने सेन्ट्रल बजारले जनाएको छ । यसका साथै सेन्ट्रल मल भित्र रहेका अन्य स्टोर तथा पसलहरुले समेत विशेष छुटको व्यावस्था गरेको छ । ३ बर्ष अगाडी विशाल ग्रुप , देवनारा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा विविध व्यापारिक प्रयोजनका लागि सिनेमा हल सहित सुविधा सम्पन्न सेन्ट्रल बजार संचालनमा ल्याईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्