विराटनगरमा फागुन २३ गते महिला उद्यमीका उत्पादनको प्रदर्शन

विराटनगरमा फागुन २३ गते महिला उद्यमीका उत्पादनको प्रदर्शन

विराटनगर । विराटनगरमा ११२ औं श्रमिक महिला दिवसको अवसर पारेर आगामी फागुन २३ गते महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा यस्ता उत्पादनको प्रदर्शनी गर्ने भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र महिला उद्यम समितिले श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान, उत्कृष्ट महिला सम्मान र उत्पादित वस्तुहरुको प्रदर्शनी गर्ने तयारी गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले श्रमिक महिला दिवसको अवसरमा महिलाका उत्पादनलाई प्रदर्शनीमा राखेर प्रोत्साहन गरिने बताउनुभयो । विराटनगरस्थित इन्द्रेणी पार्टी प्यालेसमा हुने कार्यक्रममा तीन जना उत्कृष्ट तीन जना महिलाहरुलाई सम्मान गरिने भएको छ ।
महिला उद्यमीहरुले उत्पादन गरेका जुत्ता, चप्पल, व्याग, ढाका तथा अल्लोका कपडा, हस्तकलाका सामाग्री, कृषि उत्पादनहरु, व्यागहरु, श्रृंगारका सामाग्रीहरु, मह, अचार, चियालगायतका वस्तुहरु प्रदर्शन गरिने अध्यक्ष निरौलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्