बुढीगंगास्थित हुलास वायर अगाडि कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला

<span class='c1'>बुढीगंगास्थित हुलास वायर अगाडि कुकर बम</span> <span class='c2'>जस्तो देखिने शंकास्पद वस्तु फेला</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित हुलास वायर अगाडि प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

हुलास वायर अगाडि सडकमा उक्त शंकास्पद वस्तु फेला परेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुनै अप्रिय घटना हुन नदिन घटनास्थलमा हाल बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरीको टोली शंकास्पद देखिएको उक्त वस्तुको चेकजाँच गरिरहेको छ । उक्त वस्तु भने बम नै रहेको बारे पुष्टि भईसकेको छैन् ।

घटनास्थललाई हाल सुरक्षित बनाईएको छ । सवारीसाधनको आवागमन समेत केही समयका लागि रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्