विराटनगरको सेन्ट्रल मल चौथो बर्षमा प्रवेश गर्दै, ५० रुपैयामा फिल्म हेर्न पाईने

<span class='c1'>विराटनगरको सेन्ट्रल मल चौथो बर्षमा प्रवेश</span> <span class='c2'>गर्दै, ५० रुपैयामा फिल्म हेर्न पाईने</span>

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मल चौथो बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यावस्था गरेको छ ।भोली फागुन २० गतेबाट सेन्ट्रल मल तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्न लाग्दैछ । सेन्ट्रल मलका मेनेजर विशाल न्यौपानेका अनुसार बार्षिक उत्सवको अवसरमा सेन्ट्रल मलले विविध कार्याक्रम गरी बार्षिक उत्सव मनाउन लागेको छ ।


बार्षिक उत्सवको अबसरमा सेन्ट्रल मल भित्रका सपिङ स्टोरहरुले १० देखी ५० प्रतिशत सम्म छुट साथै सेन्ट्रल मल्टिप्लेक्समा रु ५० रुपैयामा नै फिल्म हेर्नको लागी विशेष अफर ल्याएको सन्ट्रल मलले जनाएको छ ।
यसैविच बार्षिक उत्सवको अवसरमा भोली खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना राखिएको सेन्ट्रल मलका मेनेजर विशाल न्यौपानेले बताउनुभयो ।
यता सेन्टल बजारको खाद्यन्न र ईलोक्ट्रोनिक्समा १० प्रतिशत छुटको व्यावस्था गरेको छ । त्यसैगरी लत्ताकपडा लगायत एसोसेरिजहरुमा ५० प्रतिशत सम्मको छुटको व्यावस्था गरेको छ । एउटै छानामुनी घरायसी सामान पाउनेदेखी , कफि सप, रेष्टुरा, राष्ट्रिय तथा अन्तराष्टिय ब्राण्डका जुत्ता चप्पल, लत्ताकपडा र ईलोक्ट्रोनिक्स सामान पाईने भएका कारण पनि आम सर्वसाधरणको भिड हुने गर्दछ ।


३ बर्ष अगाडी विशाल ग्रुप , देवनारा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा विविध व्यापारिक प्रयोजनका लागि सिनेमा हल सहित सुविधा सम्पन्न सेन्ट्रल मल संचालनमा ल्याईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्