चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ९० जना छनौट

<span class='c1'>चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल</span> <span class='c2'>कोशीको फाइनलमा ९० जना छनौट</span>

विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाइनलमा ९० जना छनौट भएका छन् । विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ जना बालक छनौट भएका हुन् ।

फाइनलमा विराटनगर, इटहरी, धरान, दमक लगायत प्रदेश १ को विभिन्न जिल्लाहरुबाट प्रतियोगि छनौट भएको कार्यक्रम संयोजक आयूषा आचार्यले जानकारी दिइन् । फाइनलमा छनौट भएका प्रतियोगिहरुलाई बन्द प्रशिक्षण दिदै आएको छ । उनीहरूलाई विभिन्न विषयमा विज्ञहरूबाट प्रशिक्षण दिने गरिएको छ । बन्द प्रशिक्षणमा मिस कोशीको बिजेता प्रशिका श्रेष्ठ, फस्ट रनरअप आयूषा आचार्य, मोडलहरु समीक्षा कार्की, प्रकृति फुयल, सीमा सरदार लगायत अन्य विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट फाइनलमा पुगेका प्रतियोगिहरुलाई प्रशिक्षण दिने गरिएको छ ।

चैत ५ गते हुने फाइनलको बिजेताले नगद जनही ३०÷३० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्ने सिइओे नीशा खतिवडाले जानकारी दिइन् । बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले जय मिडिया मेनेजमेन्ट प्रालिले यो प्रतियोगिता आयोजना गरेकोे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्