दोस्रो संस्करणको मिल्स गोल्डकप चैतमा, तयारी तिब्र

<span class='c1'>दोस्रो संस्करणको मिल्स गोल्डकप</span> <span class='c2'>चैतमा, तयारी तिब्र</span>

विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप हुने भएको छ ।

मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म मिल्स गोल्डकप हुने भएको हो ।‘रानीमिल्स एरियाको एतिहासिक पहिचान गराऔ । अत्तित्त देखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं’ भन्ने मुल नाराको साथ मिल्स गोल्डकप हुन लागेको ट्रस्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । भब्य र सम्भ तरिकाले दोस्रो संस्करणको मिल्स गोल्डकप सफल बनाउन लागि परेको ट्रस्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए । ‘२९ माघमा बसेको बैठकले मिल्स गोल्डकपलाई निरन्तरता दिने निर्णय भएको थियो । त्यही अनुसार अहिले गोल्डकप ट्रष्टको सचिवालय पनि स्थापना भएर अहिले कामहरु भइरहेको छ,’ उनले भने, ‘गोल्डकप सफल बनाउन हामी सबै लागि परेका छौं ।’ यस पटकको गोल्डकपमा विभाग्य टिमसहित स्थानिय फुटबल क्लबहरु ल्याउने आयोजकले तयारी गरेको छ । ‘यस अघि पनि बिभागिय टिम रहेको थियो । यस पटक पनि आउनेछन्,’ गोल्डकपको संयोजक किशोर सुब्बाले भने, ‘यसपटक मधेश प्रदेश र धनकुटाबाट फुटबल क्बलले सहभागि जनाउने छन् । त्यसको लागि हामीले तयारीमा जुटेका छौं । ’ विभागीय टिमसहित आठ वटा टिम गोल्डकपमा सहभागि हुने छन् । जसमा गाईघाट, धरान, गोल बजार प्रतिभा फुटबल क्लब, झापाको दमक, एपिएफ, धनकुटा, उर्लाबारी, साईनो ईस्पोटस क्लब रानी मिल्स एरिया विराटनगरको सहभागि हुने छन् ।

पहिलो संस्करणको मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले रू.३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको थियो । गत चैत १४ गते सम्पन्न गरेको उक्त प्रतियोगितामा सो बरावरको रकम मुनाफा गरेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गराउन विराटनगर महानगरपाकिाले १ लाख ७६ हजार ६ सय ७७ रुपैयाँ सहयोग गरेको थियो । प्रतियोगिताको लागि विभिन्न संघसंस्था र फुटबल प्रेमीहरुबाट जम्मा रू.११ लाख ६९ हजार ५ सय ८२ रुपैयाँ संकलन भएको थियो । पहिलो संस्करणमा मिल्स गोल्डकपमा रू.११ लाख ६९ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको थियो ।

प्रथम मिल्स गोल्डकपको उपाधिसशस्त्रप्रहरी बल (एपीएफ)ले जितेको थियो । फाइनलमा साइनो स्पोर्ट्स क्बल रानीमोरङलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै एपीएफले नगद रू.१ लाख ५० हजार रुपैयाँको साथै ट्रफि हातपारेको थियोभने उपविजेता भएको साइनोले रू.७५ हजार रुपैयाँ पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्