सप्तकोशी बैंक ठगी प्रकरणमा जोडिएका पौडेललाई दुईलाख धरौटी आदेश

सप्तकोशी बैंक ठगी प्रकरणमा जोडिएका पौडेललाई दुईलाख धरौटी आदेश

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको सेवा विभागमा वरिष्ठ सहायक होमप्रसाद पौडेल दुइ लाख रुपैयाँ धरौटिमा छुटेका छन् ।
उच्च अदालत विराटनगरका न्यायाधीश प्रेमराज ढकाल र राजन प्रसाद भट्टराईको संयुक्ता वाणिज्य इजाशले ‘बैंकिङ कसुर’ मुद्दामा पक्राउ परेका पौडेललाई आज दुइ लाख रुपैयाँ धरौटिमा छोडन आदेश गरेको हो ।

अदालतले तोकेको धरौटि रकम बुझाएर पौडल रिहा भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले सुवेदीले जानकारी दिनुभयो ।
बैंकका तत्कालिन सिइओ नविन सुवेदीसहित तीन जना कर्मचारी पक्राउ गरेपछि उनी पनि पक्राउ परेका थिए । मोरङ प्रहरीको न्यायीक हिरासतमा रहेका पौडेललाई कोभिड देखिएपछि आइसोलनमा बसेका थिए । संक्रमणमुक्त भएपछि प्रहरीले उनलाई बुधबार उच्च अदालत उपस्थित गराएपछि शुक्रबार थुनछेक बहसपछि आदेश आएको हो ।

यसअघि गत शुक्रबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको वाणिज्य इजालशले तत्कालिन सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालिन सिइओ नविन सुवेदीसहित तीन जना कर्मचारीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश भइसकेको छ । अदालतको आदेशपछि सुवेदीसहित बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षको लागि मोरङ कारागारमा थुनामा छन् । बैंकका अपरेसन प्रमुख अमित थापा मगरलाई दुई लाख रुपैयाँ धरौटिमा छोडन आदेश दिएको थियो । अदालतको आदेशपछि थापामगरले पनि धरौटि रकम बुझाएपछि रिहा भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्