एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम हटेको छ : महामन्त्री थापा

<span class='c1'>एमसीसीबारेको व्याख्याले जनतामा फैलाइएको भ्रम</span> <span class='c2'>हटेको छ : महामन्त्री थापा</span>

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले निर्णय गरेर संसद्ले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरेकोलाई औचित्य छैन भन्नु संसद्को अबमूल्यन भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हाम्रो आफनो सन्धि, ऐन र अन्तर्राष्ट्रिय कानुनले पनि व्याख्या गर्ने अधिकार हामीमा सुरक्षित गरेको प्रष्ट पार्नुभयो । महामन्त्री थापाले व्याख्यामा केही नयाँ नभएको बताउँदै सन्धि सम्झौतामा जे छ त्यही बुझाइलाई स्पष्ट पारिएको मात्र हो भन्नुभयो ।

उहाँले एमसीसी सम्झौता व्याख्याका सम्बन्धमा काँग्रेस स्पष्ट रहेको छ भन्दै अन्य राजनीतिक पार्टीलाई थप स्पष्ट बनाउनका लागि र संसदबाट सहजरुपमा परित गर्न यो आवश्यक भएको हुँदा आफूले यसलाई सकारात्मक रुपमा लिएको धारणा राख्नुभयो । महामन्त्री थापाले आगामी दुई/चार महिनापछि जनतामा सो सम्बन्धमा रहेको भ्रम हट्दै जाने छ भन्नुभयो । उहाँले सम्झौताको विरुद्धमा भ्रम फैलाई हल्ला गर्नेलाई आगामी पाँच÷सात वर्षसम्म यस सम्बन्धमा प्रश्न सोधिरहनुपर्ने अन्यथा पुनः अन्य कुनै यस्तै प्रकारका विषयमा हल्ला एवं भ्रम फैलाइरहने छन् भन्नुभयो ।

नेकाँका उपसभापति धनराज गुरुङले वर्तमान सरकार बाध्यात्मक स्थितिमा गठबन्धन गरिएको स्पष्ट पार्दे चुनावमा गठबन्धन हुदैन र जहाँ जुन परिस्थिति हुन्छ त्यही अनुसार गर्र्दै जाने धारणा राख्नुभयो । उहाँले काँग्रेस सदैव बहुलवाद र संसदीय पद्दतिमा आधारित पार्टी भएकाले आफ्नो नीति र एजेण्डा लिएर जनता समक्ष जाने हो भन्नुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्