न्यूरोद्धारा महिला क्रिकेट खेलाडीहरूलाई जर्सी वितरण

न्यूरोद्धारा महिला क्रिकेट खेलाडीहरूलाई जर्सी  वितरण

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले महिला क्रिकेट खेलाडीहरूलाई जर्सी वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना खेलाडीहरुलाई जर्सी वितरण गरेको हो । जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्यूरोले १४ जना महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले जर्सी वितरण गरेका थिए । खेलप्रति अभिरुची बढाउनुका साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई जर्सी वितरण गरिएको न्यूरो अस्पतालले जनाएको छ ।

कार्यक्रममा जिल्ला क्रिकेट संघ मोरङको अध्यक्ष नविन घिमिरे, सदस्य रोशन बुढाथोकी, कप्तान अन्सु जैसवाल, टिम कोच राजेश पोखरेल, म्यानेजर अम्बिका बुढाथोकीको सहभागिता रहेको थियो । हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अस्पतालको सेवामा पनि छुट दिएको छ । अस्पतालको स्त्री तथा प्रसूतीरोग परामर्श सेवा फागुन १७ देखि चैत १७ सम्म एक महिना निःशुल्क राखेको छ । अस्पतालमा स्त्री रोग तथा प्रसूती रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री (श्रेष्ठ)ले सेवा दिदै आएकी छिन् । अस्पतालले महिना दिनसम्म सम्बन्धित सम्पुर्ण जाँचमा २५ प्रतिशत छुट र महिलालाई सबै सेवामा १० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ ।

अस्पतालले फागुन २४ गते भब्य कार्यक्रम आयोजना गरि नारी दिवस मनाउने तयारी गरेको छ । यसअघि पनि अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न सामाजिक कार्यहरु गरेर यो दिवस मनाउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्