व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट ६ खेलाडी छनौट

व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट ६ खेलाडी  छनौट

विराटनगर । काठमाण्डौंमा आगमी चैत ५ र ६ गते हुने व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा प्रदेश १ बाट ६ जना खेलाडी छनौट भएका छन् ।

विराटनगरमा भएको गिरिजा प्रसाद कोइराला राष्ट्रिय व्यवसायिक आइटिएफ तेक्वाण्डो प्रदेश १ को छनौट प्रतियोगिताबाट ६ जना खेलाडी छनौट भएका हुन् । यसरी छनौट भएका ६ जना महिला र तीन पुरुष तेक्वाण्डो खेलाडी रहेका छन् । ५५ देखि ६३ तौल समूहबाट सुनसरीबाट निकेश कटुवाल, ताप्लेजुङबाट नितेस खवास र सुनसरीबाट हिराधन राई छनौट भएका हुन् । यस्तै महिलातर्फ ४७ देखि ५० केजी तौल समूहबाट मोरङबाट कुसुम राजवंशी, द्धितीय सुनसरीबाट प्रतिष्ठा कटुवाल र तृतीय भोजपुरबाट रोमिला राई छनौट भएका छन् ।

प्रदेश १ को ७ जिल्लाबाट सहभागि भएका खेलाडीहरुबाट व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा सहभागि जनाउन प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई छनौट गरिएको प्रदेश नं. १ आइटिएफ तेक्वाण्डोको अध्यक्ष प्रविण कुमार कार्कीले जानकारी दिए । छनौट भएका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथि विराटनगरका महानगरपालिका प्रमुख भिम पराजुली, वडाअध्यक्ष उद्धव पोखरेल लगायतले बितरण गरेका थिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले तेक्वाण्डो खेलाडीहरुको लागि प्रशिक्षण केन्द्र निर्माण गरिने बताए । विराटनगर १ मा रहेको सार्वजनिक जग्गा खोजी गरि खेलाडीहरुको अभ्यासको लागि प्रशिक्षण केन्द्र स्थापना गरि संचालनमा ल्याउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्