प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२’ मा सुनसरी र झापा विजयी

प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२’ मा सुनसरी र झापा विजयी

विराटनगर । प्रथम “इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२” मा सुनसरी र झापा विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर १९ स्थित बैजनाथपुर रंगशालामा आईतबार आयोजना गरेको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेश प्रदेशको सप्तरीलाई १० विकेटले पराजित गरेको थियो । पराजित भएसँगै सप्तरी प्रतियोगिताबाट बाहिरिएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २ बलमा सबै विकेट गुमाई ४३ रनको झिनो स्कोर बनाएको थियो । सप्तरीकी नविता चौधरीले सर्वाधिक ७ रनको योगदान दिईन् । सप्तरीका ७ जना ब्याटसम्यानले खाता नखोली पवेलियम फर्किए । सुनसरीकी उमेन अफ द म्याच सपना साहले ३ विकेट लिँदा प्रिया मलाहाले पनि ३ विकेट लिईन् ।

४४ रनको झिनो लक्ष्य पछ्याएको सुनसरीले ३ दशमलव ३ बलमा विना विकेट क्षति सो विजयी लक्ष्य पार गरेको थियो । दोस्रो खेलमा नेपालका अन्तराष्ट्रिय खेलाडीले भरिएको झापाले मोरङलाई पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ४० रनको झिनो स्कोर बनाएको थियो । मोरङकी कप्तान अन्सु जैसवालले सर्वाधिक ६ रन बनाउँदा ६ जना ब्याटसम्यानले खाता नखोली पवेलियम फर्किएका थिए । झापाकी हिरणमाई राँयले ४ ओभरमा २ मेडन राख्दै ४ रन दिएर २ विकेट लिँदा ज्योती दनुवारले पनि ३ ओभरमा ५ रन दिएर २ विकेट दिएकी थिईन् । ४१ को झिनो लक्ष्य पछ्याएको झापाले ४ दशमलव १ बलमा ९ विकेटको क्षतिमा सो विजयी लक्ष्य पार गरेको थियो । झापाका काजल श्रेष्ठले अविजित १७ रन बनाउँदा नग्मा तामाङले १३ रन बनाइन् । मोरङ एक विकेट रन आउटमा पायो ।

सोमबारको पहिलो खेल झापा र सप्तरी तथा दोस्रो खेल सुनसरी र मोरङबिच हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्