नारी दिवसमा न्यूरो हस्पिटलले उपचार सेवामा महिला विशेष छुट दिने

नारी दिवसमा न्यूरो हस्पिटलले उपचार सेवामा महिला विशेष छुट दिने

विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ ।
न्यूरो अस्पतालले आइतबार पत्रकार सम्मेलन गरि फागुन २४ गते अन्र्तराष्ट्रिय नारी दिवसको अवसर परारे विभिन्न कार्यक्रम आयोजना गरि अस्पतालले सामाजिक संघ संस्थाहरुसँग सहकार्यमा दिवस मनाउने तयारी गरेको हो ।


नारी दिवस मनाउन लियो क्बल अफ विराटनगर महानगर तथा लायन्स क्लब अफ विराटनगर शुभम सँगको सहकार्यमा ¥याली, महिला सचेतना तथा सम्मान कार्यक्रम रहेको अस्पतालका निर्देशक रंजित राज बस्नेतले जानकारी दिए ।
मंगलबार विहान अस्पताल परिसरदेखि सुरू हुने सचेतना मुलक ¥याली नगर परिक्रमा गर्दै अस्पताल नजिक रहेको सिटी प्यालेसमा आएपछि एक भव्य कार्यक्रम आयोजना गरि समापन हुनेछ । ¥यालीमा अस्पतालका महिला कर्मचारीहरु, विद्यार्थी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहनेछ । ¥यालीपछि आयोजित कार्यक्रममा समाजमा योगदान पु¥याउनुको साथै पुर्वाग्रह तोडनुहोसको भावना अनुरुप समाजमा व्याप्त महिला प्रतिको पुर्वाग्राहलाई कम गर्ने उदाहरणीय महिलाहरुलाई सम्मान गरिने भएको छ ।
यस्तै नारी दिवसको अवसर पारेर अस्पतालको विभिन्न सेवाहरुमा एक महिनासम्म छुट दिने भएको छ । फागुन १७ देखि चैत १७ गतेसम्म अस्पतालको विभिन्न सेवाहरुमा एक महिनासम्म छुट दिने भएको हो ।

महिलाहरुको सम्मान स्वरुप अस्पतालले एक महिना सम्म प्रसूती तथा स्त्री रोग ओपिडी सेवा निःशुल्क जाँच हुनेछ । प्रसूती तथा स्त्री रोगको जाँचमा २५ प्रतिशत छुट रहनेछ । पाठेघरको मुख सम्बन्धी क्यान्सर जाँच निःशुल्क हुने अस्पतालले जनाएको छ । एक महिनामा ५० जना महिलाको पाठेघर सम्बन्धी क्यान्सर जाँच निःशुल्क गरिने भएको छ । अस्पताल आएका विरामी महिलाहरुलाई न्यूरोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट एक महिनासम्म दिने भएको छ । १७ फागुनदेखि लागू हुने गरि चैत १७ गतेसम्म गर्भवती हेरचाह प्याकेज अन्तर्गत ५० प्रतिशत छुटको न्यूरोले घोषणा गरेको छ ।
यस्तै नारी दिवसको अवसर पारेर न्यूरोले महिला क्रिकेट खेलाडीहरुलाई पोषाक पनि वितरण गर्नुको साथै विराटनगरमा जारी महिला क्रिकेट प्रतियोगितामा अस्पतालले मेडिकल पार्टरको भुमिका पनि खेलेको अस्पतलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्