उद्यमशीलता विकासका लागि भानु कलेजमा फन फिस्टा कार्यक्रम

उद्यमशीलता विकासका लागि भानु कलेजमा फन फिस्टा कार्यक्रम

विराटनगर । विराटनगरस्थित भानु कलेजले उद्यमशीलता विकासका लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ ।

विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरिएको जनाएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा नृत्य, गायन, कविता लगायतका प्रतियोगिताको आयोजना गरिएको थियो । यी प्रतियोगीताहरू लगायत कविता, निबन्ध, हाजिरी जवाफ, बक्तित्वकला प्रतियोगीताहरूको समेत पुरस्कार वितरण गरिएको थियो ।

उद्यमशीलता विकासका लागि विभिन्न स्टलहरू राखिएको थियो । विद्यार्थीहरू आफैले विभिन्न परिकार वनाएर स्टलमा राखेर बिक्री गरेका थिए । यसैगरी स्टलमा विभिन्न खेलहरू समेत समावेश गरिएको थियो । कार्यक्रमको अवसरमा मोरङ हिसानद्वारा आयोजना भएको बतृत्वकला प्रतियोगीतामा प्रथम र चौथो हुने क्रमशः रुपेश विष्ट र निष्ठा बस्नेतलाई सम्मान गरिएको थियो । यसैगरी अन्तर–स्कुल कराँते प्रतियोगीतामा प्रथम हुने ममता महतोलाई समेत सम्मान गरिएको इसिए कोअर्डिनेटर देवेश प्रधानले बताए ।

पाँच सय बढीको सहभागी रहेको उक्त कार्यक्रममा प्रिन्सिपल मोहन कुमार श्रेष्ठ, प्रा.डा. दामोदर थापा, प्रा.डा. देबेन्द्र अधिकारी, नविन गौतम र इसिए कोअर्डिनेटर देवेश प्रधानले मन्तव्य राखेका थिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्