‘इन्स्टयान्ट ब्लड डोनर’ सम्मानित

‘इन्स्टयान्ट ब्लड डोनर’ सम्मानित

विराटनगर । बिरामी र रक्तदाताबिच मध्यस्तकर्ताको भुमिका निर्वाह गर्दै आईरहेको संस्था ‘इन्स्टयान्ट ब्लड डोनर’ सम्मानित भएको छ ।

मङ्गलबार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गैर सरकारी संस्था महासंघद्वारा आयोजित कार्यक्रममा संस्थालाई सम्मान गरिएको हो । गैसस महासंघ र एबिसी नेपाल प्रदेश १ ले संयुक्त रुपमा सहित संस्थालाई सम्मान गरेकोे हो । कोभिड महामारीको दौरान जोखिममा परेका तथा जीवन र मृत्युबिच संघर्षरत बिरामीहरुलाई रगतको आपुर्तिमा अग्रपङक्तिमा रही निर्वाह गरेको भुमिकाको कदर स्वरुप संस्थालाई सम्मान गरिएको जनाईएको छ । मङ्गलबार प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादव, गैसस महासंघ मोरङ शाखाका अध्यक्ष राजेन्द्र प्रसाद ढकाल र उपाध्यक्ष बिष्णु शर्मा आचार्यले सम्मान–पत्र सहित संस्थालाई सम्मान गरे । इन्स्टयान्ट ब्लड डोनरका तर्फबाट संस्थाका संस्थापक अध्यक्ष सुरेन्द्र मल्ल ठकुरी र सदस्य बिष्णु कार्कीले सम्मान पत्र ग्र्रहण गरे ।

इन्स्टयान्ट ब्लड डोनर २०७५ फाल्गुण ५ गते स्थापना भई बिरामी र रक्तदाताहरुबिच मध्यस्तकर्ताको काम गर्दै आईरहेको संस्था हो । संस्थाले हालसम्म भने १६०० बढी रक्तदाताहरुलाई रक्तदानमा सहभागी गराईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्