विराटनगर जेसिजको स्वर्ण जयन्ती मनाउन सुरु, वर्षभरी कार्यक्रम हुने

<span class='c1'>विराटनगर जेसिजको स्वर्ण जयन्ती मनाउन</span> <span class='c2'>सुरु, वर्षभरी कार्यक्रम हुने</span>

बिराटनगर जेसिज ५० औ बर्षमा प्रवेश गरेको छ । बिराटनगर मा एउटा छुट्टै पहिचान बनाउन सफल जेसिज ५० औ बसन्तमा प्रवेश गरे सगै बिराटनगर जेसिजले स्वर्ण जयन्ती महोत्सव मार्च ७ देखि सुरु भएर बर्ष भरी नै विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । सोही अनुरुप ५० औ बर्ष पुगेको सुखद उपलक्ष्यमा भब्य कार्यक्रमको आयोजना गरि स्वर्ण बर्ष शुभारम्भ गरियो ।
बिराटनगर जेसिज बिराटनगरमा मात्र नभएर नेपाल जेसिजमा समेत ३ जना राष्ट्रिय अध्यक्ष बनाउन सफल रहेको ईतिहास छ । राजेन्द्र बहादुर श्रेष्ठ , सन्तोष रिजाल र फुल कुमार लालवानी गरि ३ जना राष्ट्रिय अध्यक्ष बन्न सफल हुनु भएको थियो भने अन्तर्राष्ट्रिय जेसिजमा पनि राजेन्द्र बहादुर श्रेष्ठ उपाध्यक्ष र सन्तोष रिजाल कार्यकारिणी उपाध्यक्ष का रुपमा निर्वाचित भइ नेपाल को नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल हुनु भएको थियो ।

बिहान भाटभटेनीको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । जसमा ५० बर्ष पुगेको उपलक्ष्यमा ५० पिन्ट नै रक्तदान गरिएको थियो । रक्तदान गरेर कार्यक्रम सुरु गर्नुको कारण बारे प्रष्ट पार्दै अध्यक्ष देवचन्द्र घिमिरेले बिगत मा रक्तदान कार्यक्रम सुरु गर्ने अग्रणी सस्थाका रुपमा जेसिजले समाजमा पहिचान बनाएका कारण सोही पहिचान लाई कायम राख्नका निम्ति कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बिराटनगर जेसिज समाज मा युवाहरु लाई नेतृत्वमा ल्याउन प्रेरित गर्ने सस्था रहेको र आफूले यस सस्थाले गर्ने गतिविधिलाई नजिक बाट नियालीरहेको , बिराटनगर जेसिज स्वर्ण महोत्सव मनाउदै गर्दा यसको भवनलाई अझ ब्यबस्थित बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता गरे अनुरुप काम अघि बढेको बताउनु भयो ।
रक्तदान कार्यक्रमका कार्यक्रम सयोजक रन्जन कुमार शाहीले जेसिज नेतृत्व र ब्यक्तित्व बिकास गर्ने सस्था भए पनि परि आएको खण्डमा समाजमा योगदान दिन पछि नपर्ने हुदा कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रमबारे प्रकाश पार्दै कार्यकारिणी उपाध्यक्ष कबिराज दाहालले रगत अभाव कम गर्न सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम गरिएको जानकारी दिनु भयो ।

त्यस्तै दोश्रो कार्यक्रम स्थापना दिवस , लोगो अनावरण तथा दिप प्रज्वलन कार्यक्रम पनि भब्यताका साथ सम्पन्न भएको छ । बिराटनगर जेसिजको सभाहलमा सम्पन्न कार्यक्रम अध्यक्ष देवचन्द्र घिमिरेको अध्यक्षता ,नेपाल जेसिजका पुर्व अध्यक्ष फुल कुमार लालवानी तथा राष्ट्रिय कलाकार बिपिन कार्कीको बिशिस्ट आतिथ्यता तथा प्रदेस नम्बर एकका बन,बाताबरण भु संरक्षण मन्त्री शेखरचन्द्र थापाको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो ।

प्रमुख अतिथी शेखरचन्द्र थापाले बिराटनगर जेसिज ५० औ बर्षमा पुगेको अवसरमा तयार पारिएको लोगो अनावरण गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत गर्दै बिराटनगर जेसिजका उपाध्यक्ष अमित अग्रवालले ५० बर्षको गौरव बोकेको सस्था , पुर्व अध्यक्षहरुले यहाँ सम्म डोर्‍याएर ल्याएको हुदा अब आगामी दिनमा यसलाइ अझ बृहत अझ परिस्कृत बनाउदै अघि बढ्नु पर्ने अभिभारा अहिलेको पुस्ताको रहेको हुदा सोही अनुरुप आफू अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै उपस्थित सबै लाई स्वागत गर्नु भयो ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै पुर्व अध्यक्ष क्लबका अध्यक्ष सुरेशलाल श्रेष्ठले अग्रज बाट हस्तान्तरण हुँदै अहिलेको अवस्थामा जेसिज आइ पुगेको र ५० बर्ष पुगेको अवसरमा अझ बढी काम गर्न् जेसिज तयार रहनु पर्ने बताउनु भयो ।

बिराटनगर जेसिजले राष्ट्रिय अध्यक्ष पदका लागि उमेदवारका रुपमा प्रस्तुत गरेका बिराटनगर जेसिजका पुर्व अध्यक्ष श्याम सुन्दर पौडेल मिलन ले बिराटनगर जेसिज ५० बर्ष मा पुग्दै गर्दा हामीले अझ युवा लाई जेसिज प्रति आकर्षण बढाउनका लागि उधमशिल बनाउने तालीमहरु ल्याएर उधमशिल बनाउने दिशा तर्फ अघि बढ्नु पर्ने बताउनु भयो ।

त्यस्तै बिराटनगर जेसिज बोर्ड अफ ट्रस्टका अध्यक्ष तथा स्वर्ण जयन्ती कमिटीका सह सयोजक टिकाराज ढकालले बिराटनगर जेसिज ले गर्ने हरेक गतिबिधीमा आफूहरुले सहयोग गर्ने र स्वर्ण जयन्ती सफल हुने मा आफू बिश्वस्त रहेको बताउनु भयो ।

नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवानीले जेसिजका युवा सकारात्मक सोच र उधम मा लागेर समाजलाई योगदान दिने गरि तयार हुनु पर्ने मा जोड दिदै समाज का सबै बर्गका युवा लाई आकर्षण गर्दै जेसिजको अभियानमा अघि बढाउनु पर्ने मा जोड दिनु भयो । जेसिजले हरेक आपत बिपत मा समाजमा अग्रणी स्थानमा रहेर अघि बढेको र अहिलेको पुस्ताले इतिहास लाई बिर्सन नहुने मा जोड दिनु भयो । पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले समेत बिराटनगर जेसिज लाई माया गर्ने गरेको र विभिन्न जिम्मेवारी दिने गरेको त्यो समय जस्तै अहिलेको पुस्ताले जेसिज लाई उचाइ मा पुर्याउन कुनै कसर बाकी राख्न नहुने मा जोड दिनु भयो ।

वन , भु-सरक्षण तथा बाताबरण मन्त्री शेखरचन्द्र थापाले जेसिज बाट राजनैतिक दलले पनि विधि को शासन सिक्नु पर्ने मा जोड दिनु भयो । एक ब्यक्ती एक पद एक बर्ष र एक कार्यकाल रहने पद्धति जेसिजको राम्रो पक्ष रहेको आफुले महसुस गरेको बताउनु भयो । स्वर्ण जयन्तीमा बिराटनगर जेसिजलाइ आफ्नो ब्यक्ती गत तथा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो ।
स्वर्ण जयन्ती बिराटनगर जेसिजको मात्र नभएर समग्र बिराटनगर कै गौरव भएकाले सबैको साथ सहयोगमा आफू हरु बिराटनगरको पहिचान लाई देश भर चिनाउन लागि पर्ने बिराटनगर जेसिजका अध्यक्ष देबचन्द्र घिमिरे ले बताउनु भयो । साथै कार्यक्रममा उपस्तिथि सबै लाई धन्यवाद दिदै कार्यक्रम सयोजक पप्पु अन्सारीले समुहमा काम गर्ने बानी को बिकास जेसिजले गराउने भएकोले सबै युवा जेसिज बनेर जेसिजका राम्रा कुरा ग्रहण गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो।

कार्यक्रममा विभिन्न शाखाका शाखा अध्यक्ष , पत्रकार बुद्धिजीवी जेसिजका बोर्ड जेसिज सदस्य , जुनियर जेसिज, संघ सस्थाका प्रतिनिधि पुर्व अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्