विराटनगर । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता शन्नी क्रिकेट क्बल र शम्सेर क्रिकेट क्लब बिजयी भएको छ ।
मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुट मिलको खेलमैदानमा मंलबार भएको पहिलो खेलमा सन्नि क्रिकेट क्लब कटिहारले डिजायर क्रिकेट क्बल पूर्णियालाई सात विकेटले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ गरेको पूर्णियाले निर्धारित २० ओभरको खेलमा १७ दशमलप ५ बलमा सबै विकेट गुमाइ १ सय ४३ रन बनायो । जसमा शिसिर संकेतले ४० रन बनाउँदा विजयी भारतीले ३८ रन बनाए । शन्निका सुशिल कुमार र अजय यादवले समान ३-३ विकेट लिए ।
१ सय ४४ रनको बिजय लक्ष्य पछ्याएका शन्नीले १५ दशमलप १ बलमा तीन विकेट गुमाइ सो बिजय लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच शन्नीका फानिद आलमले ४४ रन बनाउँदा अश्विनी कुमार ३७ रनमा अविजित रहे । पुर्णियका भटराज पाटिल, सेभ खान, बिजयी भारतीले १-१ विकेट लिए ।
दोस्रो खेलमा शम्सेर क्रिकेट क्बल कानपुरले नेपाली क्रिकेटका लिजेन्ट शक्ति गौचनको टिम स्टार क्रिकेट क्लब भैरवालाई २ सय १३ रनको बिशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कानपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४६ रनको विशाल योगफल खडा गरेको थियो ।
जसमा म्यान अफ द म्याच रवि रोयले ४८ बलमा आक्रमण ब्याटिङ गर्दै १ सय १८ रनमा अविजित रहदा आकाश रोयले ५१ रन बनाए ।
स्टारका मदन पौडेल, बिप्लसन केसी र सुरज खड्काले २-२ वीकेट लिए । २ सय ४७ रनको लक्ष्य पछ्याएको स्टारले १० दशवलप ३ बलमा सबै विकेट गुमाइ ३३ रनमा सिमिति भयो । स्टारका आरिफ खानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन । कानपुरका श्रेष्ठ मिश्रा र दिपान्सु सिंहले ३-३ विकेट लिए ।
बुधबार हुने पहिलो खेल मिल्स क्लब र पूर्वाञ्चल क्रिकेट एकाडेमी तथा दोस्रो खेल सिरहा क्रिकेट क्बल र शम्सेर क्रिकेट क्बल बिच प्रतिस्पर्धा हुने भएको छ ।