विराटनगरको मेयरमा उठने कर्णको घोषणा

<span class='c1'>विराटनगरको मेयरमा उठने</span> <span class='c2'>कर्णको घोषणा</span>

विराटनगर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तेजलाल कर्णले विराटनगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कर्णले मेयरमा उठ्ने घोषणा गरेका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कर्णले मेयर पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । उनले लेखेका छन््, ‘२०५० सालमा १७ बर्षको उमेरमा लोकतान्त्रिक धारबाट विराटनगरको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेको मैले देशको राजनीतिक उतारचढावसँगै मेरो राजनीतिक जीवन पनि उतारचढावपुर्ण हुँदै अहिले जनता समाजवादी पार्टीको केन्द्रिय सदस्यको रुपमा राजनीतिमा सक्रिय रहेको छु । लोकतान्त्रिक आन्दोलनको मोर्चामा अग्रपङक्तिमा रहेर गरेका संघर्षका दिनहरु सम्झिँदा अहिले पनि गौरभान्वित हुन्छु । एकात्मक राजतन्त्रात्मक व्यवस्था अन्त्य भएर देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । तर जनताका समस्याहरु ज्युँ का त्यूँ छन् । २८ बर्ष लामो राजनितिक र सामाजिक जीवनमा व्यक्तिगत लाभभन्दा बढी जनताको सेवामा निरन्तर लागि रहेको छु । अब जनताको सेवा गर्न जनप्रतिनिधि भएर काम गर्ने इच्छा छ । तसर्थ, अब आउने स्थानीय निकायको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदमा उठने जमर्को गरेको छु ।’

जसपाबाट मेयरमा उमेश यादव, भुराज राई र जयराम यादवले पनि उठ्ने इच्छा व्यक्त गरिरहेका छन् । सोही बेला कर्णले पनि बुधबार उम्मेदवारी घोषणा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्