विद्यार्थीलाई फर्कन निर्देशन गरिदिन चिकित्सा शिक्षा आयोगसँग नोबेलको आग्रह

<span class='c1'>विद्यार्थीलाई फर्कन निर्देशन गरिदिन चिकित्सा</span> <span class='c2'>शिक्षा आयोगसँग नोबेलको आग्रह</span>

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबाहेक विद्यार्थीबाट कुनैपनि अतिरिक्त शुल्क नअसुलेको प्रशासनले स्पष्ट पारेको छ । एमबीबीएस अन्तर्गत १५ औं ब्याचका विद्यार्थीले कजेज बारे भ्रम फैलाएको भन्दै कलेज प्रशासनले २०७८ पुस ३० गते चिकित्सा शिक्षा आयोगसँग जनाएको प्रतिवद्धता नतोडेको जनाएको हो ।

कलेजका प्राचार्य डा.रामहरी घिमिरेले विज्ञप्ती जारी गर्दै कलेज प्रशासन विरुद्ध विद्यार्थीले भ्रम फैलाएको भन्दै ध्यानाकर्षण भएका उल्लेख गर्नु भएको छ । उहाँले केहि विद्यार्थीहरुलाई पठनपाठनका लागि नोबेल मेडिकल कलेजमा फर्कन निर्देशन दिन पनि चिकित्सा शिक्षा आयोगसँग आग्रह गर्नु भएको छ ।

नोबेलले विद्यार्थीमाथि दवाव बढाउँदै लगेपछि केहि विद्यार्थीले स्नान्तरणको माग गर्दै काठमाण्डौंमा आन्दोलन सुरु गरेका छन् । सरकारले नोबेल विरुद्ध कारवाही गर्ने तयारी गरेसँगै प्रशासनले विज्ञप्ती निकालेर विद्यार्थीको पठनपाठन र सुरक्षामा कुनै बाधाव्यवधान नहुने स्पष्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्