प्रेम देवान
विराटनगर । विराटनगरमा रहेको एक सुधार केन्द्रबाट भागेका युवा मृत अवस्थमा फेला परेका छन् । विराटनगर –२ मा रहेको स्पर्श नेपाल नामक सुधार केन्द्रबाट मंगलबार दिउँसो भागेका धरान १६ का २५ बर्षिय दिलेन्द्र परियार मृत अवस्थामा भेटिएका हुन् । सुधार केन्द्रमा सरसफाई गर्ने समयमा उनी भागेका थिए । भाग्ने क्रममा विराटनगर र कटहरी गाँउपालीका हुदै बग्ने सिघिया खोलामा डुवेको अवस्थामा बुधबार दिउसो मृत अवस्था परेका हुन् ।
सुनसरीको ईहटरीबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले सिघिया खोलाबाट परियारको शव बाहिर निकालेको थियो ।
परियारलाई सुधार केन्द्रले विस्वासीलो पात्र भएका कारण सबै रेखदेख गर्ने जिम्मा दिएको थियो । तर परियारसहित सुधार केन्द्रबाट मंगलबार अपरान्ह ४ः३० बजेतिर ४ जना युवा फरार बनेका थिए । भागेका मध्ये धरान–१६ का निशान धमलालाई भाग्दाभाग्दै प्रहरी र सुधार केन्द्रको टोलीले नियन्त्रणमा लिएको थियो। विराटनगरका दिनेश बस्नेत र रोहित कामत परिवारको सम्पर्कमा पुगिसकेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले जानकारी दिनुभयो ।
आफुले दिलेन्द्र परियारलाई विस्वासीलो पात्र र यस अघि पनि सुधार केन्द्रको राम्रोसंग रेखदेख गर्दै आएको कारण उनलाई जिम्मा दिएको स्पर्स नेपालका संचालक संजिव खड्काले आवर विराटनटनगरलाई जानकारी दिनुभयो । मंगलबार पनि उनकै विस्वासमा जिम्मा दिएको बेला सरसफाई गर्ने समयमा चारै जना सुधार केन्द्रको मुल गेटबाटै भागेको खड्काले बताउनुभयो ।
भाग्ने क्रममा परियार सहित धमला सिंघिया खोलामा हाम फालेको स्थानियले बताएका छन् । धमला भने नदि पार गरेपछि स्थानियले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएरका थिए भने, परियार त्यही पानीमा नै डुवेको स्थानियले बताएका छन् । स्थानियले बताए अनुसार नै मंगलबार नै बेलुका नै प्रहरी र माछा मार्नेहरुलाई समेत खोज्न लगाएको तर नभेटिएपछि अन्य कतै फरार भएको हुन सक्ने भन्दै आफुहरुले प्रहरी र परिवारलाई जानकारी गराएको खड्काले आवर विराटनगरसँग बताउनुभयो ।
लागुऔषधका दुव्र्यसनी भएका कारण चारै जनालाई परिवारका सदस्यले सुधारका लागि गत फागुन १ गते सुधार केन्द्रको राखेको मृतकका बुबा दिलिप परियारले आवर विराटनगरलाई जानकारी दिनुभयो । ‘हामीले पैसा तिरेर राखेको छोरालाई सुधार केन्द्रको चरमलार्पाहीका कारण छोराले ज्यान गुमाएको छ, ‘यसको सम्पुर्ण जिम्मा सुधार केन्द्रले लिनुपर्छ , घटना स्थलमा भेटिनुभएका मृतकका बुबाले आक्रोस व्यक्त गर्दै भन्नुभयो । मृतकका बुबाले घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्।
मृत फेला परेका परियारको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन्। शव बुझ्न नमानेपछि केही परिवारका सदस्यलाई सम्झाउन समेत हम्मे हम्मे परेको थियो । मृतकका आफन्तलाई प्रहरी र जनप्रतिनिधीले सम्झाई बुझाई गरेपछि मात्र शव जिम्मा लिएका थिए । शव भने पोस्टमार्टमका लागि कोसी अस्पताल राखिएको छ । हाल उत्त सुधार केन्द्रमा १६ जना दुव्र्यसनीलाई राखिएको सुधार केन्द्रले जनाएको छ ।
यसै सम्बन्धी सहकर्मी प्रेम देवानले स्थलगत रुपमा तयार पार्नुभएको भिडियो रिर्पोट भोली बिहीबार प्रशारण हुदैछ प्रतिक्षा गर्नुहोस ।