सीमापार बजारबाट सामान खरिद गर्दा भन्सार बुझाउनुपर्ने नियमको विरोध

सीमापार बजारबाट सामान खरिद गर्दा भन्सार बुझाउनुपर्ने नियमको विरोध

विराटनगर । सीमापार बजार जोगबनीबाट घरायसी प्रयोजनका लागि ल्याइएको सामानमा भन्सार महसुल लिने नियमले हटाउन नेपाल भारत खुल्ला सीमा संवाद समूहले आग्रह गरेको छ ।
नेपाल सरकारले भन्सार ऐन २०६४,भन्सार नियमावली २०६४ र आर्थिक ऐन २०७८ को अनुसार एकसय रुपैँया भन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनु पर्ने नियमले संवाद समूहले विरोध गरेको हो ।

भन्सार महसुल नतिरी समान आयात गर्द जफत हुनुका साथै कानुनी कारवाही हुने कुराप्रति ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरेर बताइएको छ । परापूर्वकालदेखि नै नेपाल भारतबीच रहेको रोटी–बेटीको समवन्धमा आघात पुरयाउने गरि गरिएको निर्णय प्रति संवाद समूहका अध्यक्ष राजीव झाले ध्यानाकर्षण भएको जनाएका छन् ।
दुई देशबीच रहेको सम्वन्ध र एकअर्का नातेदार कहाँ जाँदा कोशेली लग्नका लागि पनि भन्सार वुझाउनुपर्ने जस्ता अप्राकृतिक निर्णय खेद जनक रहेको झाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्