विराटनगरका व्यवसायी निम्ता बाँड्दै भारतका शहरमा

विराटनगरका व्यवसायी निम्ता बाँड्दै भारतका शहरमा

विराटनगर । कोरोना संक्रमणको जोखिम हटेसँगै भारतीय पर्यटकलाई नेपाल भित्र्याउन पूर्वका पर्यटन व्यवसायी निम्ता लिएर भारतका विभिन्न शहरमा पुगेका छन् । प्रदेश १ मा घुम्न आउने भारतीय पर्यटकलाई नेपालमा वातावरण सहज भएको जानकारी दिन पर्यटन व्यवसायी नेपालसँग सीमा जोडिएका भारतका राज्यहरुमा निम्ता दिन पुगेका हुन् ।

प्रदेश १ का पर्यटन व्यवसायाीहरुले कोरोना संक्रमणको जोखिम आउनु पूर्वको अवस्थामा झैं स्थिति सामान्य भएको भन्दै भारतको सिक्किम, बंगाल र बिहारका पर्यटन व्यवसायीसँग छलफल गरेर घुम्न आउने निम्ता दिएका छन् । पर्यटन व्यवसायी भवेश श्रेष्ठका अनुसार नेपालमा घुम्न आउन चाहने पर्यटकलाई गन्तव्य र यहाँको स्थिति जानकारी गराउँदै बंगालको सिलिगुडी, किसनगञ्ज र बिहारको पूर्णिया, फरबिसगञ्ज, कटिहार र दरबंगामा छलफल गरेर निम्ता दिइएको हो ।

व्यवसायी श्रेष्ठका अनुसार आगामी चैत ११, १२ र १३ गते धरानमा इष्ट टुरिजम मार्ट आयोजना गरिदैछ । त्यसका लागि भारतबाट १५० जना व्यवसायीलाई भित्र्याउने र नेपालभरका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गराउने लक्ष्य समेत राखिएको छ । टुरिजम मार्टमा देशभरका पर्यटकीय गन्तव्यको चिनारी गराउने किसिमका सामाग्री, नेपालमा घुम्न आउने पर्यटकका लागि टुर प्याकेज योजना, धार्मिक, साँस्कृतिक र प्राकृतिक क्षेत्रको जानकारी गराइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्