विराटनगर । विराटनगर–३ मा रहेको पेरागन एकेडेमी माविको प्रिन्सिपलमा युधिष्ठिर पौड्याल नियुक्ति भएका छन् ।
संचालक समितिको बैठकले बुधबार नयाँ प्रिन्सिपलको रूपमा लामो समयदेखि शिक्षा क्षेत्रमा रहेका पौड्याललाई नियुक्ति गरिएको हो ।
प्रिन्सिपलमा नियुक्ति भएका पौड्यालले बुधबार नै पदभार समालेका छन् । यसअघि परागनको प्रिन्सिपल दीपकप्रसाद घिमिरे रहेका थिए । कानुन व्यवसायी समेत रहेका घिमिरेले कार्यव्यस्तताको कारणले प्रिन्सिपलबाट राजिनामा दिएको बताएका छन् । लामो समय शिक्षा क्षेत्रमा रहेर काम गर्दै आएका पौड्यालको जिम्मेवारीले शिक्षा क्षेत्रमा फड्को मार्ने अपेक्षा राखेको उनले बताए । अंग्रेजीबाट मास्टर गरेका पौड्यालले २८ वर्षदेखि शिक्षा क्षेत्रमा आवद्ध रहेर काम गरेको उनीसँग अनुभव रहेको छ ।
कक्षा १२ सम्म अध्यापन हुने उक्त माविमा ६ सय २६ जना विद्यार्थीहरु अध्ययरत छन् । पेरागनमा कानुन, व्यवस्थापन र शिक्षा संकाय पढाइ हुने गरेको स्कूलले जनाएको छ ।