नगदरहित कारोबारका लागि महिला उद्यमीहरुलाई ई–सेवाको एक दिने तालिम

नगदरहित कारोबारका लागि महिला उद्यमीहरुलाई ई–सेवाको एक दिने तालिम

विराटनगर । नगदरहित कारोबार तथा डिजिटलाईजेशनको क्षेत्रमा महिला उद्यमीहरुलाई थप सशक्त बनाउन विराटनगरमा १ दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ई–सेवाको आयोजनामा बुधबार मोरङ व्यापार संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मोरङभरिका महिला उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उनीहरुलाई ई–सेवाको सेवा/सुविधा र अनलाईन भुक्तानी पद्धतिबारे जानकारीमुलक तालिम प्रदान गरिएको थियो । उनीहरुलाई ई–सेवाको कार्यपद्धति, प्रयोेग र यसले पुर्‍याउने सहयोगको सम्बन्धमा कार्यपत्र समेत प्रस्तुत गरिएको ई–सेवाका विराटनगर शाखा प्रमुख झलक सुब्बाले बताए । कार्यक्रममा मोेरङ जिल्लाभरिबाट ३६ जना महिला उद्यमीहरुको सहभागिता रहेको उनले जानकारी दिए ।

कार्यक्रममा भने प्रदेश १ सरकारका सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फे, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र महिला समितीकी अध्यक्ष बन्दना जैन लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्