प्याडिलक्स गर्ल्स अन ह्विलको विजेताको उपाधि गंगा र सिल्पालाई

प्याडिलक्स गर्ल्स अन ह्विलको विजेताको उपाधि गंगा र सिल्पालाई

विराटनगर । विराटनगरमा भएको ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ प्रतियोगिताको विजेता उपाधि गंगा खतिवडा र सिल्पा सुवेदीले पाएकी छन् ।

राउण्ड टेबल नेपालको आयोजनामा विराटनगरको जैन भवनमा मंगलबार साँझ सम्पन्न प्रतियोगिताको विजेताको उपाधि उनीहरुले प्राप्त गरेकी हुन् । विजेता भएकी खतिवडा र सुवेदीले ४८ हजार मुल्यको एमआईको ४० इन्चको टेलिभिजन लगायतका विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । प्रतियोगिताको फस्ट रनअप भिसाका कोचर तथा आकृति धनवाल र सेकेण्ड रनरअप प्रशंसा बस्नेत तथा आयुषी अग्रवाल घोषित भईन् । विजेता हुने प्रतियोगीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुण कुमार बिसीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा एक स्कुटरमा दुई जना हुनेगरी कुल १५० जनाले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्