प्रथम “इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२२” को उपाधि झापालाई

प्रथम “इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२२” को उपाधि झापालाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा सम्पन्न प्रथम “इक्युवालिटी कप महिला क्रिकेट प्रतियोगिता २०२२” को उपाधि झापाले जितेको छ ।

मोरङ क्रिकेट संंघको समन्वयमा विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको फाइनल चरणको खेलमा झापाले मोरङलाई १२१ रन अन्तरले पराजित गर्दै विजेताको उपाधि हात पारेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १९५ रनको स्कोर खडा गरेको थियो । झापाका लागि नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना श्रेत्रीले ६५ रन बनाईन । उनीले १४९ बलमा १ छक्का र ११ चौका प्रहार गरिन । यस्तै अप्सरी बेगम ४० रनमा अविजित हुँदा निमा तामाङ २२ रनमा अविजित रहिन् । मोरङकी कप्तान अन्सु जैसवालले २ विकेट लिँदा काजल राजवंशीले १ विकट लिईन् ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ७४ रन बनायो । मोरङकी टिका साहले २७ रन बनाउँदा सानु राजवंशीले २४ रन बनाईन् । त्यस्तै नविता श्रेष्ठ ५ रनमा अविजित हुँदा कप्तान अन्सु जैसवाल १ रनमा अविजित भइन् । झापाकी एलिसा खडिया, निसा साह र लतिका राजवंशीले १–१ विकेट लिईन् । फाईनल चरणको खेलमा वुमन अफ फाइनल झापाकी कप्तान रुबिना क्षेत्री घोषित भईन् । यस्तै वुमन अफ द सिरिज झापाकी अप्सरी बेगम, उत्कृष्ट ब्याटस्मेन झापाकी काजल श्रेष्ठ र उत्कृष्ट बलर मोरङकी अन्सु जैसवाल घोषित भईन् ।

उनीहरुलाई प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह र फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठ लगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए । फाल्गुन २१ गतदेखि सुरु भएको प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी गरि ३ जिल्ला र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्लाका प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्