हिमालय दर्शन कलेजका नयाँ विद्यार्थीहरुलाई पर्पल हेजमा स्वागत, उत्कृष्टलाई छात्रवृत्ति

हिमालय दर्शन कलेजका नयाँ विद्यार्थीहरुलाई पर्पल हेजमा स्वागत, उत्कृष्टलाई छात्रवृत्ति

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका नयाँ आगन्तुक विद्यार्थीहरुलचाई कलेज एक भव्य कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।

कलेजले बुधबार विराटनगरको एअरपोर्ट लाईनस्थित होटल पर्पल हेजमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई स्वागत गरेको हो । कलेजले प्लस टु उत्तीर्ण गरि स्नातक तह अध्ययनका निम्त्ति भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको जनाएको छ । सोही अवसरमा कलेजले बिएसएम, बिआईएम र बिएस्सी सिइसआईटी अध्ययनरत ५ जना उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । विद्यार्थीहरुलाई उनीहरुको सेमेस्टर शूल्कको २५ प्रतिशत बराबरको रकम छात्रवृत्ति स्वरुप प्रदान गरिएको क्याम्पस प्रमुख भरत सापकोटाले बताए । उनले बुधबार विद्यार्थीहरुलाई स्वागत/सम्मान र छात्रवृत्ति वितरणका साथै विभिन्न खेलहरु समेत खेलाईएको जानकारी दिए । उनले भने, ‘खेलकुद पश्चात रात्रीभोजको आयोजना समेत गरिएको थियो ।’

विराटनगरस्थित हिमालय दर्शन कलेजमा व्यवस्थापन, विज्ञान तथा प्रविधि र मानविकी तथा समाजशास्त्र गरि ३ संकायका विभिन्न ५ प्रोग्राममा पठनपाठन हुने गरेको छ । हाल ६ सय विद्यार्थीहरु कलेजमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्