मिल्स कप क्रिकेट : समशेर क्लव कानपुर फाइनलमा

मिल्स कप क्रिकेट : समशेर क्लव कानपुर फाइनलमा

विराटनगर । भारतको समशेर क्रिकेट क्लव कानपुर विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा सन्नी क्रिकेट क्बल कटियारलाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै कानपुर फाइनलमा पुगेको हो ।

जितसँगै कानपुरले मंगलबार हुने फाइनल खेलमा पूर्वाञ्चल क्रिकेट क्बल विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ । टस हारेर ब्याटिङको निम्तो पाएको कानपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रनको विशाल योगफल खडा गरेको थियो । कानपुरका हर्सित सिंह र राहुल सिंहले अर्धशतक कटाए । हर्सितले २८ बलमा ७० रन बनाए । उनको ब्याटबाट ७ छक्का र ४ चौका निस्कियो । अलराउण्ड प्रर्दशन गरेका कानपुरका राहुल सिंहले अर्धशतक कटाउँदै २३ बलमा ५१ रन जोडे । विस्फोटक ब्याटिङ गरेका अलराउण्ड खेलाडी राहुलले ५ छक्का र ४ चौका प्रहार गरेका थिए । आकाश गौरले २१ बलमा ३३ रन जोडे । उनको ब्याटबाट तीन छक्का निस्कियो ।

सन्नी क्रिकेट क्बल कटियारका रबि कुमारले ३ विकेट लिए । शुशिल कुमार, अजय यादब र अंश राजले समान १÷१ विकेट लिए ।
जवाफमा २ सय २३ रनको विशाल विजय लक्ष्य पछ्याएको सन्नी क्रिकेट क्बल कटियारले १४ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा सिमित भयो । कटियारका खालिद आलमले १४ बलमा २२ र मयँक पन्नानीले २१ रन जोडे । कानपुरका अलराउण्ड खेलाडी राहुल सिंहले ६ विकेट लिए । उत्कृष्ट खेल प्रर्दशन गरेका राहुल खेलको म्यान अफ म्याच पनि घोषित भए । कानपुरका अन्नत वासले २ र दिपान्सु सिंहले १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्