एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न

एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न

विराटनगर । एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ । विभिन्न हाउसहरुबीच तीन चरणमा भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

कक्षा ३, ४ र ५ बीच भएको खेलमा गण्डकी हाउस विजेता भएको छ । गण्डकी हाउसले कोशी हाउसलाई ३– १ ले पराजित गर्दै गण्डकी हाउसले उपाधि जितेको छ । गण्डकीको तर्फबाट कक्षा पाँचका आरवीक कार्कीले २ र सक्षम पाण्डले १ गोल गरेका थिए । खेलको म्यान अफ म्याच आरवीक कार्की घोषित भए । सोही दिन सम्पन्न भएको कक्षा ६ र ७ बिच भएको फाइनल खेलमा मेची हाउस बिजेता भयो । मेची हाउसले गण्डकी हाउसलाई ५–१ को फराकिलो अन्तरले पराजित गरि मेची हाउसले उपाधि जितेको हो । यस खेलको म्यान अफ द म्याच कक्षा सातका विज्ञान सेढाइ घोषित भए ।

सोही दिन सम्पन्न भएको अन्तिम फाइनल खेल कक्षा ८ र ९ बिच भएको प्रतियोगितामा गण्डकी हाउस विजेता भयो । गण्डकी हाउसले मेची हाउसलाई २–० अन्तरले पराजित गर्दै गण्डकी हाउस विजेता भयो । गण्डकीका दुवै गोल कक्षा ९ का संस्कार घिमिरे घोषित भए । म्यान अफ द म्याच पनि संस्कार भए । खेलको उत्कृष्ट हुने खेलाडी कक्षा ८ का टिम क्याप्टेनसमेत रहेका शंसाक श्रेष्ठ घोषित भए ।

विजेता हुने विद्यार्थीहरुलाई स्कुलका प्रिन्सिपल टिकाराम पुरीले ट्रफि तथा मेडलहरु वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्