विराटनगरको मेरिल्याण्ड कलेजलाई काठमाडौंमा शिक्षा सेवा सम्मान

विराटनगरको मेरिल्याण्ड कलेजलाई काठमाडौंमा शिक्षा सेवा सम्मान

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान २०७८बाट सम्मानित गरिएको छ ।

काठमाडौंमा एक भव्य कार्यक्रमबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय देवेन्द्र पौडेलले फोकस नेपाल संस्थाद्वारा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश एक र पूर्वकै व्यवस्थापन शिक्षामा सधै अग्रणी भूमिका खैल्दै आएको मेरिल्याण्ड कलेजलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा शिक्षा मन्त्री पौडेलले शिक्षा देशको मेरुदण्ड भएको र गुणस्तरीय शिक्षामा अनवरत प्रतिवद्ध भई नेपाल सरकारको “सबैलाई शिक्षा” भन्ने नारा सफल बनाउन मेरिल्याण्डले भूमिका खेलेकोमा खुशी व्यक्त गर्नुभएको थियो । मेरिल्याण्ड १९ वर्ष देखि प्रत्येक वर्ष विभिन्न सघं संस्थाद्वारा सम्मानित हुँदै आएको छ ।

व्यवस्थापन शिक्षामा आफूलाई अब्बल सावित गर्न सफल मेरिल्याण्ड कलेज देश भरिकै कलेजहरुमध्ये प्रत्येक वर्ष टप–टेनमा पर्न सफल हुँदै आएको छ । हालसालै बिबिएस तेस्रो वर्षको परीक्षामा मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवाल सर्वाधिक ८२.२ % अंक प्राप्त गरी नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सालमा रोहित कार्कीले बिबिएस चौथो बर्षमा ८४.३ % अंक ल्याई नेपाल प्रथम भएका थिए । त्यस्तै २०६७ सालमा त्रि.वि. टप गरी किन्जल पोखरेलले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।

मेरिल्याण्डको यो सफलतामा विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुको ठूलो योगदान रहेको कुरा कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताउनुभयो । उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मंत्री भवानी प्रसाद खापुङ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । न्यु सृष्टि दैनिकले पनि गएको हप्ता मेरिल्याण्डलाई उत्कृष्ट कलेजका रुपमा नगदसहित शिक्षा पुरस्कार प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्