हुलाकी राजमार्ग : स्थानीयतहसँग समन्वय नगरी निर्माण

हुलाकी राजमार्ग : स्थानीयतहसँग समन्वय नगरी निर्माण

विराटनगर । तराईका जिल्लाहरु जोड्ने सडकखण्डको रुपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको कार्यमा चरम लापरवाहि भईरहेको भन्दै जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । आईतबार जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित बहुपक्षीय छलफलमा बोल्दै जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले तराईका जिल्लाहरु जोड्ने लाईफलाईनका रुपमा हेरिएको हुलाकी राजमार्गमा ठेकेदार कम्पनीहरुले कार्ययोजना विपरित आफु खुशी कामगरिरहेको बताएका हुन् । हुलाकी राजमार्गको मोरङ जिल्ला अन्तगर्तको सडकखण्डहरुमा दुरावस्था यथावत रहेको उनीहरुको आरोप छ । छलफलमा बोल्दै रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले निमार्ण कम्पनीको अव्यवस्थित निर्माण कार्यका कारण हुलाकी राजमार्ग अन्तगर्तको रंगेली रोडमा दुर्घटनाको जोखिम उच्च हुँदै गएको बताए । निर्माण कम्पनीले खाडल खनेर सडक विस्तारको कार्य नथाल्दा दुर्घटनामा एक जनाको ज्यान समेत गएको जानकारी गराए ।

नेपालमा वि.सं. २०६२÷०६३ सालबाट हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो । मोरङमा भने ३ वर्षअघि मात्रै राजमार्ग निर्माणको कार्य अघि बढेको हो । तर, सुरुवाती चरणदेखि नै कागजी रुपमा भौतिक प्रगति देखाएर राजमार्ग निर्माणमा गम्भीर त्रुटिहरु हुँदै आएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीहरुले बताएका छन्् । मोरङमा कुल ७ वटा प्याकेजमा राजमार्ग निर्माणको कार्य भईरहेको छ । जसमा रतुवा–केशलिया सडकखण्डमा गजुरमुखी मोतिदान जेभी, कालिका मैनाचुली वेदान्सी जेभी र श्रेष्ठ कन्सट्रक्सन, गान्धीमनमोहनमार्गमा कान्छाराम कन्सट्रक्सन तथा विराटनगर केशलिया रोड सडकखण्डमा देव एण्ड शायर भुमिले विभिन्न प्याकेजमा ठेक्का लगाएर कामगरिरहेका छन् । तर, राजमार्गको भौतिक प्रगति सन्तोषजनक नरहेको जनप्रतिनिधिहरुको तर्क छ ।

छलफलमा बोल्दै रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले संशोधित सम्पन्नमितिमापनिनिर्माण कार्य सम्पन्ननगर्ने ठेकेदारलाई कारबाहीको दायरामाल्याउनुपर्ने बताए । उनले त्यस्तानिर्र्माण कम्पनीहरुलाई ब्ल्याक लिस्टिङ गर्नुपर्ने बिषयमाजोड दिए ।
मोरङमा हाल रतुवा–केशलिया, गान्धी मनमोहन मार्ग, कानेपोखरी–रंगेली र विराटनगर–केशलिया गरि कुल ९९.५ मध्ये ७७.५ किलोमिटर सडकखण्डमा हुलाकी राजमार्गको निर्माण कार्य भईरहेको छ । जसमा २२ किलोमिटर लम्बाईको कानेपोखरी–रंगेली सडकखण्ड यसअघि नै भारतीय अनुदानमा सम्पन्न भईसकेको छ । ३.५ किलोमिटरको विराटनगर–केशलिया खण्डमा सम्झौता भई भर्खरै काम सुरु भएको छ । तर, निर्माणाधिन सडकखण्डहरु पनि निमार्ण सम्पन्न नगरी अधुरै छाडिएको जनप्रतिनिधिहरु बताउँछन् ।
आईतबार आयोजित छलफलमा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले हुलाकी राजमार्ग निर्माणको दौरान एकपटक पनि गाउँपालिकासँग समन्वयको प्रयास नभएको गुनासो गरे । उनले निमार्ण कम्पनीले आफुखुशी कामगर्दै आएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

इटहरीस्थित हुलाकी राजमार्ग योजना कार्यालयले हाल हुलाकी राजमार्ग र उत्तर–दक्षिण लिङ्क रोड समेत गरी कुल २ सय ९५ किलोमिटर सडकको काम हेरिरहेको छ । कार्यालयका अनुसार अहिले सडकको १८ र पुलको २७ गरी ४५ वटा ठेक्कामा निमार्ण कार्य जारी छ । भारतीयपक्षले जिम्मा लिएको ८० किलोमिटरको २ वटा सडक कालोपत्रे भइसकेको छ । बाँकीको चौडाई बढाउने र स्तरोन्नतिको कार्य जारी छ । चालु आर्थिक बर्षमा २७ वटा पुलमध्ये १८ वटा निमार्ण सम्पन्न हुने अवस्थामा रहेको कार्यालयको तथ्यांक छ । यद्यपी, जनप्रतिनिधीहरुले औंल्याएका कमीकमजोरीहरुलाई भोलिका दिनमा सच्याएर लैजाने बिषयमा कार्यालय प्रतिबद्ध रहेको योजना प्रमुुख इन्जिनियर विजयकुमार थापाले बताए ।

आईतबार आयोजित कार्यक्रममा भने मोरङको विभिन्न स्थानीयतहका जनप्रतिनिधी, प्रदेशसभा सदस्य, जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्लाअधिकारी, निर्र्माण कम्पनीका इन्जिनियर तथा साईट इन्चार्ज र विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्