अल्पसंख्यक मैत्री नीति बनाउन यौनिक तथा लैङ्गिक अल्पसंख्यकको माग

<span class='c1'>अल्पसंख्यक मैत्री नीति बनाउन यौनिक</span> <span class='c2'>तथा लैङ्गिक अल्पसंख्यकको माग</span>

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री नीति निर्माण गरिनुपर्ने एक कार्यक्रममा उनीहरुले बताएका छन् ।

ब्लु डाइमन सोसाइटी नेपाल मोरङले विराटनगरमा सोमबार सरोकारवालाहरुसँग आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै सोसाइटीका सुमन तामाङले यौनिक राज्यले यौनिक तथा अल्पसंख्यकहरुलाई बैवाहिक मान्यता नदिदा हजारौ यौनिक अल्पसंख्यकहरु समस्यामा परेको बताए । ‘वैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि बिवाह गरेर बस्न पाएको छैनन,’ उनले भने, ‘बैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पुर्वक बाँच्न पाउने अधिकारीबाट बन्चित हुनुपरेको छ ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई नागरिकतामा बनाउन पनि समस्या रहेको उनले बताए ।

‘अहिले पुरुष र महिलाहरुको लागि मात्र नागरिकता बनाउने गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको नागरिकता नबन्दा रोजगारबाट बन्चित हुनुपरेको अवस्था छ,’ उनले भने, ‘राज्यले अब पहिचान अनुसारको नागरिता दिनुपर्दछ ।’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले नागरिकता नपाउँदा रोजगारीबाट मात्र नभएर अरु थुप्रै सेवा सुविधाहरुबाट बन्चित हुनुपरेको अवस्था रहेको उनले बताए ।

परिवर्तनशिल समाजको कार्यक्रम संयोजक मौसम श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई बैवाकि मान्यता चाडो दिनुपर्ने बताइन् । बैवाहिक मान्यता नपाउँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई धर्म सन्तान राख्न पाउनुपर्ने अधिकारबाट पनि बन्चित हुनुपरेको उनले बताइन् । ‘अहिलेको कानुनमा विवाह गरेको पुरुष र महिलाको सन्तान भएन भने मात्र धर्म सन्तान राख्न पाउने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्