महिला दिवसको अवसरमा आयोजित दुईदिने कार्यशाला सम्पन्न

महिला दिवसको अवसरमा आयोजित दुईदिने कार्यशाला सम्पन्न

विराटनगर । महिला दिवसको अवसरमा महिला उद्यमी संघ नेपाल मोरङ शाखाद्वारा आयोजित दुईदिने कार्यशाला सम्पन्न भएको छ ।

नमस्कार होटल म्यानेजमेन्ट स्कुलको सहकार्यमा आयोजित कार्यशाला शनिबार सम्पन्न भएको हो । पहिलो दिन संघले म्यानुअल कफी बनाउने कार्यशाला राखेको थियो । जसमा सहभागी महिलाहरूले मोका पोट र भी सिक्स्टी पोउभर कफी तथा दोस्रो दिन बेसिक अफ बेकरी बारेमा सिक्ने अवसर पाएको संघले जनाएको छ । संघका अनुसार आधारभूत र छोटो अवधिको तालिम लिएर उद्यमी बन्न सघाउ पुर्‍याउन कार्यशालाको आयोजना गरिएको थियो ।

कार्यशालालाई भने होटेल नमस्कारका सञ्चालक युनेशराज श्रेष्ठ, बेकरी प्रशिक्षक आयुष डंगोल र कार्यक्रम संयोजक डिना प्रधान लगायतले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्