संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झार्न मोरङ व्यापार संघको माग

संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झार्न मोरङ व्यापार संघको माग

विराटनगर । मोरङ व्यापार संघले बैंकको चर्को ब्याजदर वृद्धिलाई रोक्न विभिन्न सरकारी कोष, कल्याणकारी कोषहरू र विभिन्न संस्थाका संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झार्न माग गरेको छ ।

सोमबार संघले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजालले संस्थागत निक्षपको व्याजदर ६ प्रतिशत कायम गर्न माग गरे।

उनले संस्थागत निक्षेपको व्याजदर ६ प्रतिशत कायम गरे व्याजदर नियन्त्रणमा सहयोग पुग्ने बताए। उनका अनुसार नेपालमा संस्थागत निक्षेप १८ अर्ब रहेको छ। जुन निक्षेपमा हाल ११ प्रतिशत व्याज दिइएको छ। यो अनुत्पादक क्षेत्रमा गरिएको लगानी भएकाले यसबाट जीडीपीमा पनि वृद्धि हुँदैन। ‘संस्थागत निक्षेपको व्याजदरलाई ६ प्रतिशतमा ल्याउने बित्तिकै ऋणको ब्याजलाई एकल अंकमा ल्याउन सकिने र अहिलेको अवस्थालाई सामान्य बनाउन सकिन्छ’ उनले भने ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले सरकारले संस्थागत निक्षेपको व्यादर ११/१२ प्रतिशत पुर्‍याएर जीडिपीमा कसरी बृद्धि हुन्छ भन्ने सरकारले सम्झाउनुपर्ने बताए। उनले व्याजलाई सिंगल डिजिटमा राख्दा आम नेपाली र देशलाई फाइदा हुने विषयमा सरकारले ध्यानाकर्षण गराए। व्याजदर नघटी औद्योगी वातावरण तयार नहुने र उद्योगमा लगानी पनि नआउने उनले स्पष्ट पारे।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले व्याजदर बृद्धि अर्थमन्त्रालय र राष्टबैंकवीचको असमझदारी हो की भन्ने आशंका लागेको बताए। जाजूले संघको टोलीले आइतबार अर्थमन्त्री शर्मालाई भेटेपछि तरलताको संकट र ब्याज वृद्धिका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंककाबीचमा समन्वय नभएको निष्कर्ष निकालेको स्पष्ट पारे ।

उनले भने‘ अर्थमन्त्रीलाई भेटेपछि व्याजदरबृद्धिको कारण नेपाल राष्ट्रबैंक र अर्थमन्त्रालयको असमझदारी पो होकी भन्ने हामीलाई लागेको छ।’ पत्रकार सम्मेलन पछि मोरङ व्यापार संघमा आबद्ध उद्योगी व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर मोरङका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र समेत बुझाए। मोरङ व्यापार संघको टोलिले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनालाई बुझाएको ज्ञापनपत्रमा संस्थागत निक्षेपलाई ६ प्रतिशत कायम गरिनुपर्ने एक सूत्रीय माग राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्