विराटनगरमा जारी ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज

विराटनगरमा जारी ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज

विराटनगर । विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदैछ । भारतको शम्सेर क्रिकेट क्बल कानपुर र विराटनगरको पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता विराटनगर जुट मिलको खेल मैदानमा हुदैछ ।

प्रतियोगितामा नेपाल र भारतका १६ टिम सहभागि रहेका थिए । प्रतियोगिताका विजयी हुने टीमलाई नगद रू.१ लाख ११ हजार, दोश्रोलाई रू.५१ हजार तथा ट्रफि पाउँने छन् । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडिलाई नगद २१ सयका साथ ट्रफि हात पार्ने छ । त्यस्तै म्यान अफ द सिरिज हुने खेलाडिलाई नगद रू.१५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सम्मान नगद रू.१० हजार तथा फेयर प्ले एवार्ड नगर ५ हजारका साथ ट्रफि वितरण गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्