विराटनगरका उद्योगीले भने–रुस–युक्रेन युद्धको प्रभावमा तेल उद्योग

विराटनगरका उद्योगीले भने–रुस–युक्रेन युद्धको प्रभावमा तेल उद्योग

विराटनगर । विगत केही समययता अन्तर्राष्ट्रिय वजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्रि, निर्माण सामाग्रि लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको उद्योगीहरुले बताएका छन् ।

उद्योगीहरुको साझा संस्था उद्योग संगठन मोरङले खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफलावर तेल, क्रुड पाम आयल र तोरिको दाना ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुमा बृद्धि हुदा नेपालमा त्यसको प्रभाव परेको जनाएको हो ।

यसअघि जनवरी २०२२ मा यु. एस. डलर १५२५ मा प्रति मेट्रिक टनमा आयात भईरहेकोमा हाल आएर यु.एस. डलर २१२५ सम्म खर्च गर्नुपरिरहेको उल्लेख छ । ईन्धनमा भईरहेको मुल्य वृद्धिले तेस्रो मुलुकदेखि उद्योग परिसरसम्मको ढुवानी भाडाका साथै वढदो वैंक व्याज दरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भईरहेको जनाइएको छ ।

देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थनिर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्यमा उतार चढाव आउदा त्यसको प्रत्यक्ष्ँ प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको छन । कच्चा पदार्थको आयातमा वढ्दो लजिस्टिक कष्ट, व्याजदरमा भईरहेको वृद्धि, चालु पू“जीको अभावबाट उत्पादनमूलक उद्योगहरुमा सिर्जित समस्या र हरेक क्षेत्रलाई महगाईले पिरोलेको समयमा केवल एक क्ष्ँेत्रलाई मात्र दोषारोपण गर्नु न्यासंगत देखिदैन ।

अन्तर्राष्ट्रिय अभ्यासहरुमा बजारमा वस्तुको मुल्य वृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउदै आएको करमा कटौति गरी आमउपभोक्तालाई राहत दिने प्रचलन भएकाले विश्वको हालको वदलिदो परिस्थितीलाई मध्यनजर गरी स्थिती सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउनु पर्ने माग गरिएको छ ।
वर्तमान असहज अवस्था, विभिन्न कठिनाई र विदेशी वस्तुका साथ प्रतिष्पर्धाका वावजुद स्वदेशी बजारको आवश्यकता पूर्ति गर्ने भावका साथ उत्पादनलाई निरन्तरता दिई आपूर्ति श्रृखलालाई सन्तुलनमा राख्न सहयोग पु¥याउदै आएका उद्योग व्यवसायका साथै आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्वन गर्न उद्योग संगठन मोरङ नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्