ज्ञापनपत्र बुझाउन गएका उद्योगीलाई नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा प्रवेश गर्न दिइएन

ज्ञापनपत्र बुझाउन गएका उद्योगीलाई नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयमा प्रवेश गर्न दिइएन

विराटनगर । बैंकको ब्याजदर विरुद्ध आन्दोलित मोरङका उद्योगी–व्यवसायीलाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा प्रवेशमा रोक लगाइएको छ । मोरङ व्यापार संघको अगुवाईमा ज्ञापनपत्र लिएर पुगेका उद्योगीहरुलाई बैंक परिसरमा प्रवेश रोकिएको हो ।

बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै उद्योगीले आन्दोलन सुरु गरेका छन् । उद्योगी–व्यवसायीले बैंकहरुको संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झारिनुपर्ने मागसहित नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाउन मंगलबार पुगेका थिए ।
उद्योगीहरुलाई भित्र जान नदिएपछि बैङ्क शाखा प्रबन्धक मीना पाण्डेले बाहिर गेटमै आएर ज्ञापनपत्र बुझेकी हुन् । त्यस क्रममा उद्योगीहरुले अनावश्यक रुपमा हस्तक्षेप गरिएको भन्दै गुनासो गरेका छन् ।

प्लेकार्डसहित पुगेका उद्योगीहरुलाई बैंक प्रशासनले प्लेकार्ड फ्याँकेपछि मात्रै ज्ञापनपत्र बुझ्ने जानकारी दिइएको थियो । संघका अध्यक्ष नविन रिजालले बैंक प्रशासनले उद्योगीहरुलाई ‘मिसविहेभ’ गरेको बताउनुभयो । गेट बाहिरै ज्ञापनपत्र बुझ्ने क्रममा बैंक विराटनगर कार्यालय निर्देशक मिना पाण्डे त्यस्तो व्यवहार गर्न नखोजेको जिकीर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्