बजारमा कृत्रिम अभाव सिर्जना गरि मुल्यवृद्धि गरिएको छ : पब्लिक फोरम

बजारमा कृत्रिम अभाव सिर्जना गरि मुल्यवृद्धि गरिएको छ : पब्लिक फोरम

विराटनगर । रुस र युक्रेनको युद्धको कारण देखाई बजारमा खानेतेलको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै पब्लिक फोरमले मोरङ प्रशासनको ध्यानाकर्षण गराएको छ ।

आईतबार एक पत्र लेख्दै पब्लिक फोरमले जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा मूल्यवृद्धिको समुचित औचित्य पुष्टि नगरी उद्योगी व्यावसायीले उपभोक्ताको ढाँड सेक्ने कार्य गरेको उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘खाद्यवस्तु, पेट्रोलियम पदार्थ र विभिन्न सेवा प्रदान गर्ने निकायहरुले के कति मुल्यवृद्धि गरेका हुन् सो को नियमन र अनुगमन हुनुपर्ने पब्लिक फोरमको माग छ ।'

बजारमा कृत्रिम अभाव सिर्जना गरि मुल्यवृद्धि गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने फोरमको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्