पत्रकार राईलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

पत्रकार राईलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

विराटनगर । नारदमुनि/पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृति हुने भएका छन् ।

मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन र देशसंचार अनलाइनका पत्रकार राईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । कोषका संरक्षक छत्रपति लुइँटेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पत्रकार राईलाई पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । हरेक वर्ष फागु पूर्णिमाको अघिल्लो दिन पारेर प्रदेश १ मा कार्यरत श्रमजीवी पत्रकारलाई पुरस्कृत गर्न शुरु गरेको हो । कोषले मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ झोराहाटमा बुधबार कार्यक्रम आयोजना गरी पुरस्कार हस्तान्तरण गर्ने संरक्षक लुइँटेलले बताएका छन् ।

यसैगरी कोषले सरस्वती नमूना उच्च मावि झोराहाटमा अध्ययनरत उत्कृष्ट तीन विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्