विराटनगरको रवि शंकर स्कुलमा विद्यार्थीले देखाए आफ्नो प्रतिभा

विराटनगरको रवि शंकर स्कुलमा विद्यार्थीले देखाए आफ्नो प्रतिभा

विराटनगर । विराटनगर-२ मा रहेको श्री श्री रवी शंकर विद्या मन्दिर स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रष्टफुटन गराउने उदेश्यका साथ विविध कार्यक्रम गरी मनाएको छ ।

स्कुलले अविभावकसंगको उपस्थितीमा हाजिर जवाफदेखी विभिन्न रयाम्म वक जस्ता कार्यक्रम गरेको छ । स्कुलले विद्यार्थीका अभिभावकसंग एक दिने अभिमुखिकरण तथा भेटघाट कार्यक्रम समेत गरेको छ । स्कुलमा भर्ना भईसकेपछि अभिभावकले आफ्ना विद्यार्थीमा के परिवर्तन आयो र भोलीको दिनका के सुधार गर्नुपर्छ भन्ने विषयमा स्कुलमा छलफल गराइएको थियो ।

स्कुलले बेला बेलामा विद्यार्थीहरुको अभिभावकहरुसंग यस्ता अभिमुखिकरण कार्यक्रमहरु बेला बेलामा गरिराख्नु पर्ने विद्यार्थीका अभिभावकहरुले बताए । यता स्कुलकी प्रिन्सीपल सिमा अग्रावालले अभिभावकले विद्यार्थीको पढाईसंगसगै अन्य विषयमा जानकारी गराउनको लागी बेला बेलामा अभिमुखिकरण कार्यक्रम गर्दै आएको बताउनुभयो ।

यसै विच स्कुलले विद्यार्थीहरुमा पढाईका अतिरिक्त उनीहरुको प्रतिभा प्रष्टफुटन गराउने उदेश्यका साथ विविध कार्यक्रम गरेको छ । स्कुललमा अध्ययनरत विद्यार्थीहरुले फुट स्टल राखेर विभिन्न खानेकुराको परिकार बनाएर विद्यार्थी र अभिभावकहरुलाई खुवाएका थिए । यसैविच स्कुलका साना साना नानीहरुले आ-आफ्नो प्रतिभा देखाएका थिए ।

पढाईका अतिरिक्त विद्यार्थीहरुलाई यस्ता कार्यक्रमहरुले गर्दा उनीहरुको व्यावहारिक गतिविधीमा पनि राम्रो परिवर्तन ल्याउने विद्यार्थी तथा अभिभावकहरुको भनाई छ । यता स्कुलकी प्रिन्सीपल सिमा अग्रवालले विद्यार्थीहरुलाई सैदान्तिक ज्ञानसंगसंगै व्यावहारिक कुराहरुमा पनि जोड दिने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्