नेपाली बजारमा अवैध पैठारी भएका सामान नियन्त्रणमा कठिनाई

नेपाली बजारमा अवैध पैठारी भएका सामान नियन्त्रणमा कठिनाई

विराटनगर । सीमा क्षेत्रका बजारमा भारतीय बजारबाट अवैध आयात भएका सामाग्री नियन्त्रणमा कठिनाई हुने गरेको छ । खरिद बिल बिनाका सामान बजारमा ल्याउँदा उपभोक्ताले मूल्य र गुणस्तरमा ठगीनु पर्ने गरेपनि नियन्त्रणमा चुनौती देखिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले सीमा क्षेत्रका बजारमा अवैध पैठारीका भएका सामाग्री प्रशस्त पाइने गरिएको बताउनुभयो । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर कार्यालयले सरोकारवाला पक्षसँग गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख पोखरेलले अवैध रुपमा अखाद्य वस्तु समेत नेपालका बजारमा पाइने गरेको बताउनुभयो ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रगती सार्वजानिक गर्दै प्रमुख पोखरेलले बजारमा म्याद गुज्रेका सामान उपभोक्ताले खरिद गर्ने गरेको बताउनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि भईरहेको बताउँदै यसको नियन्त्रणका लागि सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो ।
उपभोक्तामा सचेतना नहुँदा बजारमा पाइने वस्तु खरिद गरेर प्रयोग हुने गरेको छ । यसका लागि स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्र सहयोगी बन्नुपर्ने सवाल उठाइएको छ । कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उपभोक्ता सचेत भएर आफूले खरिद गर्ने सामान खरिद गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय उपभोक्ताले गरेको उजुरीका आधारमा बजार अनुगमन र कारवाही प्रक्रिया तिव्ररुपमा बढेपनि नियन्त्रयण गर्न समस्या रहेको बताइएको छ । तर,उपभोक्तामा जागरुकता बढ्दै गएकोले उजुरी आउने र अनुगमन र छानविन हुने प्रक्रियामा सहज भएको बताइन्छ ।
चालु आर्थिक वर्षमा कार्यालयले ८७ वटा विभिन्न व्यापारिक फर्म तथा उद्योगहरुमा अनुगमन गरेको छ । जसमध्ये २५ वटालाई जरिवाना गरिएको छ। कार्यालयले जरिवानाबाट मात्रै २५ फर्म तथा कम्पनिलाई १० लाख २७ हजार भराएको छ । चालु आवमा एकहजार २१९ नयाँ दर्ता, एकहजार ५०६ नविकरण, ७३३ संशोधन, १७५ फर्म खारेजी भएका छन् । कार्यालयले ९८ लाख ४८ हजार १६० रुपिँया राजश्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्